बाँकेमा उपचारका लागि आएका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको
छ । उपचारका लागि आएकी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिला र दाङको बबई–६ की ८० वर्षीया वृद्धाको भेरी अस्पताल नेपालगञ्जमा आइतबार बिहान मृत्यु भएको हो ।
दाङकी ८० वर्षीया महिला पुस १० गते कोरोना संक्रमण पुष्टि भएकोमा सही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारीमा उल्लेख छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पुस २५ गते उपचारका लागि भर्ना भएकी ४० वर्षीया महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।