आज सोमबारबाट बाँकेको कोहलपुरमा ‘केसिए कोहलपुर क्रिकेट प्रतियोगिता–२०७७’ सुरु भएको छ । आज विहान प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ ।

प्रतियोगिता आयोजक समितिका सदस्य बिनायक गिरीले प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने जानकारी दिएका छन् । शारदा एजुकेशन पार्कले आयोजना तथा के.सि.ए. कोहलपुर क्रिकेट एकेडेमीले सहकार्यमा आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन खेल न्यू दर्पण यूथ क्लब र जागरण क्रिकेट क्लब बिच खेल भैरहेको छ । आज अर्को खेल स्टिकर्स तथा कारकाँदो क्रिकेट क्लब बीच हुँदैछ ।

नकआउट विधिबाट सञ्चालन गरिने प्रतियोगिताको बिजेता टिमले ५० हजार, उपविजेताले २१ हजार, उत्कृष्ठ खेलाडी, ब्याट्सम्यान तथा बलरले समान १५ हजार तथा प्रत्येक खेलको उत्कृष्ठ खेलाडीले १ हजार नगद पुरस्कार पाउने आयोजकले बताएका छन् ।