बाँके : बालअपराधको डरलाग्दो तथ्यांक

बाँके स्थित बालसुधार गृहमा हाल १२६ जना कानूनी बिवादमा रहेका बालक छन् । जसमा सबै भन्दा बढी ७३ जना जवरजस्ती करणी अपराधमा परेका छन् । जवरजस्ती करणी पछि चोरीमा १६, कर्तब्य ज्यानमा १०, लागु औषधमा १०, ज्यान मार्ने उद्योगमा ४, सवारी ज्यानमा ४, डाँका चोरीमा २, बालबिवाहमा २, जवरजस्ती करणी उद्योेगमा १, अपहरणमा १ र अपराधिक अभद्र ब्यवहार मुद्दामा १ जना छन् ।


यसले जवरजस्ती करणी सम्बन्धी मुद्दामा ७४ जना बालकहरु संलग्न रहेको तथ्यले हाम्रो समाज कता जादै छ । हाम्रा बालकहरुले के सिक्दै छन् भन्ने कुरालाई गम्भीर रुपमा मनन गर्न जरुरी छ । बालकहरु जिज्ञासु र उत्सुक हुनाका साथै पारिवारिक र सामाजिक अवस्थाले पनि बालकहरु अपराधिक घटनामा संलग्न हने गरेको देखिएकाले सुधारका लागी अभिभावक समाज र अन्य सम्बद्ध निकायको समयमै ध्यान पुग्नु पर्ने अधिकारकर्मी वसन्त गौतम बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया