‘प्रतिनिधिसभा विघटन बाध्यकारी’

नेकपाका केन्द्रीय नेता महेश बस्नेत प्रतिनिधिसभा बाध्यकारी अवस्था भएको धारणा राखेका छन् । मंगलबार प्रेस संगठन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टी पनि नछाड्ने, पार्टी भित्रै बस्ने र विपक्षीको भूमिका निवाह गर्ने, आफ्नै पार्टीका प्रधानमन्त्री तथा राष्ट्रपति विरुद्ध षडयन्त्र गर्ने कार्यले बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु परेको नेता बस्नेतले बताएका हुन् ।


पार्टी भित्र भैरहेको असहयोग र षडयन्त्र विरुद्ध प्रधानमन्त्री ओलीले ताजा जनमतका लागि निर्वाचनमा जाने निर्णय गर्नुभएको नेता बस्नेतको भनाई थियो । ‘सरकारले जन अपेक्षा अनुसार काम गरिरहेका बेला काम नै गर्न नदिने षडयन्त्र भयो’, उनले भने ।

दुई पार्टी एक हुँदा स्थायी सरकार दिने अवसर प्राप्त भएको नेता बस्नेतले भने, ‘तर, त्यो एकता गर्भ मै तुहिएको छ ।’ महाधिवेशन हुँदै थियो, प्रधानमन्त्री ओलीले अब नेकपा अध्यक्ष हुँदैन भनिसक्नु भएको थियो । ‘प्रचण्ड–नेपाल समूहले धैर्यता गर्न सक्नु भएन, विधि र प्रक्रिया विरुद्ध प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सम्मको षडयन्त्र भए’, उनले भने । संसदीय दलमा मार्फत अविश्वासको प्रस्ताव नल्याएर फरक ढंगबाट अविश्वासको प्रस्ताव ल्याउने कार्य नै पार्टी विभाजनको सुरुवात भएको नेता बस्नेतले बताए ।

प्रेस संगठन बाँकेका सहसंयोजक हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमल डाँगीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया