घट्यो सार्वजनिक शान्ति विरुद्धको कसुर

यस्तो छ, तथ्यांक

घट्यो सार्वजनिक शान्ति विरुद्धको कसुर

बाँकेमा अभद्र व्यवहारका मुद्दा ह्वात्तै बढेको तथ्यांक देखिएको छ । जिल्ला प्रहरी कार्यालयको अढाई बर्षको तथ्यांक हेर्ने हो भने अभद्र व्यवहारका मुद्दा बढ्दै गएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आ.व. २०७५÷०७६ मा ७७ वटा अभद्र व्यवहारका मुद्दा दर्ता भएका थिए । उक्त संख्या आ.व. २०७६÷०७७ मा बढेर २ सय ३५ पुगेको थियो । जुन अघिल्लो बर्षको तुलनामा तेब्बरले बढी हो ।


चालु आ.व. २०७७÷०७८ को पाँच महिनामा ९२ वटा मुद्दा दर्ता भएका छन् । यो संख्या गत आ.व.को सोही समयमा १ सय १६ थियो ।


बाँके प्रहरीको तथ्यांकले सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा भने कमी आएको देखाएको छ । आ.व. २०७५÷०७६ मा १४९ वटा सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएका थिए । उक्त संख्या आ.व. २०७६÷०७७ मा कमी आइ ५९ मा सीमित थियो । चालु आ.व.को पाँच महिनामा एउटा मात्रै सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोही अवधीमा ५४ वटा थियो ।

प्रतिक्रिया

प्रतिक्रिया