नरैनापुरमा सरकार विरुद्ध पुत्ला दहन

बाँके । सरकारले संघीय संसद विगटन गरेको सन्दर्भमा जनता समाजवादी पार्टीले केहि बेर अघि नरैनापुरमा सरकार विरुद्ध पुत्ला दहन गरेको छ ।


नरैनापुर गाउँपालिकाका पार्टी अध्यक्ष डिठ्ठा प्रसाद मौर्यको अध्यक्षतामा भएको विरोध कार्यक्रममा स्थानीय बासिन्दाले सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् । संघीय संसद खारेजको विषय गैरकानूनी रहेको भन्दै सरकार विरुद्ध पुत्ला दहन गरिएको मौर्यले बताए ।

पार्टीका केन्द्रिय सदस्य राम कुमार दीक्षित समेत सहभागी रहेको विरोध कार्यक्रममा स्थानीय बासिन्दाहरुल सरकारले गरेको असंवैधानिक निर्णय फिर्ता लिनु पर्ने माँग अघि सरेको छ ।
सरकारले गरेको निर्णय फिर्ता लिनु पर्छ दैनिक नेपालगन्ज संग कुरा गर्दै अध्यक्ष मौर्यले भने, हामी सरकारको कठपुतली होइनौं । कुनैपनि ब्यक्ति विशेषको निर्णयको आधारमा सरकार विघटन गर्न नहुने केन्द्रिय सदस्य दीक्षितले तर्क गरे ।


स्थानीय बासिन्दा र नेताहरुको उपस्थितिमा भएको विरोध कार्यक्रममा सरकारले गरेको निर्णय फिर्ताको माँग अघि सारिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया