ओम कृष्ण नेकपा केन्द्रीय सदस्यमा मनोनित

बौद्धिक खेलकर्मीका साथै युवा जमात माझ लोकप्रिय बनेका नेपाल कम्युनिस्ट पार्टी [नेकपा] का युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज जस्तो महत्व पूर्ण जिम्मेवारी सफल रुपमा पूरा गर्दै गरेका ओम कृष्ण प्रसाई नेपाल कम्युनिस्ट पार्टी [नेकपा]को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

प्रसाईकै नेतृत्वमा अघिल्लो स्थानीयका साथै प्रतिनिधिसभा र प्रदेससभाको चुनाबमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल तथा प्रदेश बाग्मतीका सभामुखले भारी मतले बिजय हासिल गरेका थिए । उनी खेलकुद, राजनीति लगायत विभिन्न सामाजिक संघ सस्थामा सकृय समेत रहेका छन् १ उनीलाई खेलकुदमा बौद्धिक ब्यक्तित्वका रुपमा पनि चिनिन्छ ।

नेकपाको केन्द्रीय सदस्य भए संगै विभिन्न सञ्चारमाध्यममा कुरा गर्दै उनले अबको कार्यक्रम भनेको पार्टीलाई संगठित र ब्यबस्थित गर्दै मुख्य मुद्दाका रुपमा युबा तथा खेलकुद र सामाजिक सुरक्षालाई ध्यान दिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया