कोरोना विरुद्धको लडाई, भेरीमा कोरोना संक्रमितका लागि ९० बेड थपियो

कोरोना विरुद्धको उपचारमा बाँकेले आफुलाई स्वास्थ्य उपचार तयार गरिरहेको छ । भेरी अस्पताल नेपालगन्जले शुक्रबार ९० बेड थप गरेको हो । अस्पतालले प्रिआइसोलेसन, आइसोलेसन तथा अक्सिजनको पाटोमा तयार बनाएको हो ।

भेरी अस्पतालका चिकित्सक डा. श्याम सुन्दर यादवले ११५ बेड थपिएकोमा ९० बेड कोरोनाका बिरामीका लागि रहने जानकारी दिए । आइसोलेसन वार्डको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले गरेका थिए ।

भेरी अस्पताल मातहतको कोरोना वार्डमा वेड संख्या अव १ सय ६२ पुगेको छ । जिल्ला समन्वय समितिको ७५ लाख, नेपालगन्ज उपमहानगरपालिकाको ६ लाख २५ हजार, कोहलपुर नगरपालिकाको ३ लाख ७५ हजार, नरैनापुर गाउँपालिकाको २ लाख ७५ हजार, डुडुवा, खजुरा, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाको साढे दुई दुई लाखगरी कूल करोडको लागतमा कोेरोना वार्ड स्थापना गरेर सन्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया