भत्कन थाले त प्रदेश !

प्रतिनिधिसभा विघटनसँगै त्यसको असर प्रदेश सरकारमा पनि देखिन थालेको छ । त्यसको उदाहरण भनेको बाग्मति प्रदेश हो । हाल बाग्मति प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध बागमती प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।


अविश्वासको प्रस्तावसँगै प्रदेश सरकार धरापमा परेको छ । पार्टीका बहुमत सांसदहरू मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुने देखिएको छ । हाल बाग्मति प्रदेशमा नेकपालाई दुई पक्षधर मान्ने हो भने काँग्रेसको समर्थन विना सरकार बन्ने अवस्था छैन ।


बाग्मति मात्रै नभएर अन्य प्रदेशमा पनि नेकपाको फुटको प्रभाव देखिंदैछ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल पनि संकटमा छन् भन्न सक्ने स्पष्ट देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली पक्षका पोखरेलका पक्षमा नेकपाकै अर्को पक्षधर माधव नेपाल–प्रचण्डका सांसदको साथ नहुने हो भने प्रदेश सरकार परिवर्तन हुने देखिन्छ ।

सात वटा प्रदेश मध्ये ६ वटामा नेकपाको सरकार रहेको छ । जसमा प्रदेश नं. २ बाहेकमा नेकपाको सरकार रहेपछि पछिल्लो राजनीतिक घटना क्रमले प्रदेश सरकार पनि परिवर्तनको सम्भावना देखिएको छ । स्थानीय तहमा भने परिवर्तनको असर पर्ने छैन । स्थानीय तहको बोर्ड मिटिङ्गमा बहुमत र अल्पमतमा पर्ने सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया