आज ख्रिष्टमस

इसाइ धर्मावलम्वीहरुको महान् पर्व ख्रिष्टमस आज शुक्रबार मनाइ“दैछ । ख्रिष्टमस तथा नजिकिंदै गरेको सन् २०२१ भव्य रुपमा विगतका बर्षहरु जस्तो ठूला औपचारिक कार्यक्रम भने हुने छैनन् । अन्य पर्वहरु जस्तै ख्रिष्टमस पनि कोरोका कारण प्रभावित भएको छ ।

यसअघिका बर्षमा ख्रीष्टमस अथवा बडादिनको निकै चहल–पहल हुने गर्दथ्यो । तर, यसपटक कुनै ठूला औपचारिक कार्यक्रम भने बाँकेमा तय भएका छैनन् । इसाई धर्मालम्बीहरुले २५ डिसेम्बरलाई खास दिन मानी विशेष हर्षोउल्लासका साथ ख्रिष्टमस मनाउने गरेको पाइन्छ ।

इसाई धर्मालम्बीले प्रभु येसु ख्रिष्ट, जिसस क्राइस्टको जन्मदिनका रुपमा ख्रिष्टमस डेलाई मनाउने गर्छन् । ख्रिष्टमस तथा वडा दिनलाई विशेष बनाउन इसाई धर्मालम्बीहरुले यस क्षेत्रका विभिन्न चर्चहरुमा पनि सामुहिक प्रार्थना, सांस्कृतिक कार्यक्रम, मिठा पकवान खानेकुरा लगायतको ब्यवस्था गरेका छन् । इसाई धर्मालम्बी विश्वासीहरुको घर–आँगनमा बाजागाजा सहित गएर संयुक्त संगती, प्रार्थानाको आयोजना गरि गाउँदै, नाच्दै क्यारोल खेल्ने गर्दछन् ।

इसाई धर्मावलम्वी मात्र नभई पछिल्लो समय ख्रिष्टमस डेलाई अन्य समुदायका ब्यक्तिहरुले पनि खानपिन, आपसमा खुसीयाली साटा–साट गरी ख्रिष्टमस मनाउने गरेका छन् । एक समुदायको चार्डपर्व, खुसीयालीमा अर्को समुदाय सहभागी भईदिँदा त्यसले आपसमा मित्रता, समाजमा शान्ति स्दभाव र एकता कायम राख्न अझ थप बल पुग्ने विभिन्न समाजसेवी बुद्धिजिवी वर्गको विश्वास छ ।

बाँकेमा ख्रिटमसको ठूलो भेला हुने गरी औपचारिक कार्यक्रम राखिएका छैनन् । यद्यपि, बाँकेका चर्चहरुमा सामान्य कार्यक्रमहरु भने राखिएका छन् । चर्चमा प्रार्थना भने हुने पाष्टर केबी बश्यालले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया