बढ्यो निर्यात, १० प्रतिशत आयातमा कमी

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा पाँच प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार चालू आवको पाँच महिनाको अवधिमा रु पाँच खर्ब २५ अर्ब ४९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो ।

गत आवमा रु पाँच खर्ब ८१ अर्ब २५ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । यसैगरी पाँच महिनाको अवधिमा रु ५० अर्ब पाँच करोड ५६ लाख बराबरको निर्यात भएको छ । गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । गत आवमा सोही अवधिको तुलनामा रु ४७ अर्ब ६१ करोड ६८ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया