जिल्ला सुरक्षा समितिको बैठक, हाइ अलर्टमा सुरक्षा निकाय

बदलिंदो राजनीतिक घटना क्रमले जिल्लामा हुन सक्ने प्रदर्शन, विवादले शान्ति व्यवस्था खलबलिन नदिन जिल्ला प्रशासनले तयारी अगाडि बढाएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा हुन सक्ने प्रदर्शन, राजनीतिक दलका कार्यकर्ता बीच हुन सक्ने विवाद र पार्टी कार्यालय कब्जा सम्मका सम्भावित अवस्थालाई मध्यनजर प्रशासनले सुरक्षा सतर्कता अपनाउन थालेको हो ।


जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागि मंगलबार जिल्ला सुरक्षा समितिको बैठक राखिएको छ । बैठकले सबै सुरक्षा निकायलाई सम्भावित परिस्थितिको सामना गर्न तयार राख्ने निर्णय भएको छ । ‘शान्ति, सुरक्षा खलबलिन नदिन सुरक्षा निकायलाई हाई अलर्टमा राख्ने निर्णय भएको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले भने ।


गृह मन्त्रालयले यसअघि नै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बिदामा नबस्न तथा जिल्ला नछाड्न निर्देशन गरिसकेको छ । त्यसैले बिदामा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जिम्मेवारीमा फर्किएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया