
गतहप्ता बिश्वसाइकल यात्रीको बसाई बर्दिया रास्ट्रीय निकुञ्ज मा भयो उहाँ ले ठाकुरद्वार को बसाई रोज्नुको कारण उहाँको दोश्रो पुस्तक को लेखन को तयारी रहेको बिश्वसाइकल यात्री पुष्कर शाह ले बताउनुभयो । बिश्व साइकल यात्री शाह ले ठाकुरद्वारमा बसेर लगभग पुस्तक का महत्त्वपूर्ण लेखाइ सकेर बर्दिया(ठाकिरद्वार)बाट फर्किनु भएको छ।
प्राकृतिक रूपमा सुन्दर बर्दिया को ठाकुरद्वारमा बसेर उहाँका हातहरुले सेतोकागजमा लामो यात्रा गरेका छन् , यो अवधि मा बिश्वसाइकल यात्रा गर्दा देखि सगरमाथा आरोहण सम्म समेटिने पुष्कर शाह बताउनुहुन्छ। ” मृतसागर देखी सगरमाथा सम्म” नाम दिनेगरी पुस्तक लेखन मा ब्यस्त पुष्कर शाह सङ्गको सम्वादमा मैले उहाँ लाई प्रश्न गरे-ठाकुरद्वार नै किन रोज्नुभो? उहाँ ले ठाकुरद्वार पुस्तक लेखन छनौट गर्नुका कारण नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको “टुर दि ठाकुरद्वार” का क्रममा सहभागी भै ठाकुरद्वार आउदा यसठाउले आकर्षण गर्यो। हरियाली जङ्गल , ठाकुरबाबा मन्दिर , जंगली जनावर , चराचुरुङ्गी अनुपम प्रकृतिको छटामा एकान्तबासले पुस्तक लेखनमा उर्जा मिल्ने आशा सगरमाथा आरोही तथा बिश्वसाइकल यात्री पुष्कर शाह लाई छ।
यश अघिनै साइकल यात्रा का विविध अनुभव सहित को सस्मरण र यात्रा अनुभव सहितको सन्सारलाइ साढे पाँच फन्को नामको पुस्तक प्रकाशित गरिसकेका शाह ले यात्रा का सुखद , कष्टकर र रोमान्चित अनुभव उक्त पुस्तक मा समेट्नुभएको छ। पुष्कर शाह नेपालगन्ज र बर्दिया सङ्ग गहिरो सम्बन्ध रहेको सुनाउनु भयो यसको कारण एउटै छ त्यो हो ” साइकल “, नेपालगन्जमा साइकल का गतिविधि सङ्गै गठन भएको नेपालगन्ज साइक्लिङ्ग क्लब नै बाके र बर्दिया लाई मसङ्ग जोड्ने पुल बन्यो पुष्कर शाह ले सुनाउनु भयो, उहाँकै संरक्षकत्वमा 2075 सालदेखि नेपालगन्ज साइक्लिङ्ग क्लबले प्रत्यक बर्ष नेपालगन्ज देखि ठाकुरद्वार सम्मको साइकल यात्रा को आयोजना गर्दै आइरहेको छ जसमा मोटिभेसनल राइडर का रूपमा पुष्कर शाह को सहभागिता रहदै आएको छ।
ठाकुरद्वार लुम्बिनी प्रदेश कै प्रमुख गन्तव्य हो तर ठाकुरद्वारले अझै प्रसस्त पर्यटक भेट्न सकेको छैन यहाँ बेङ्गल टाइगर थुप्रै छन् भने एकसिङ्गे गैंडा, हात्ती , चित्तल लगायत का जनावर र चराचुरुङ्गी हरु पाइन्छ। बर्दिया रास्ट्रीय निकुञ्ज बाघ देख्न धेरै दिन कुर्नुपर्दैन बाघ हरु देखिरहन्छ्न, चर्चित हलिउड स्टार लियोनार्दो देखि राजकुमार ह्यारिले समेत रुचाएको ठाकुरद्वार साच्चै नै घुम्नैपर्ने गन्तव्य भएको ठम्याइ बिश्वसाइकल यात्री पुष्कर शाह को छ।
बर्दियाको ठाकुरद्वार रोजेर आफ्नो पुस्तक लेखन पुरा गर्नुभएका बिश्वसाइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह को पुस्तक मजेदार बनोस् र यो बसाई ले अर्को पुस्तक पनि जन्मियोस भन्ने आशा सहित यो रोजाईले अब ठाकुरद्वार लाई सर्जकहरु का लागि पनि उपयुक्त स्थल का रूपमा स्थापित गर्ने बिश्वास सहित पुष्कर दाइ लाई उत्कृष्ट कृति लेखनको शुभेच्छा ।