लुम्बिनी प्रदेश सरकारले सवारी चालक लाइसेन्स फाराम खोल्नका लागि यातायात व्यवस्था विभागलाई अनुरोध गरेको छ । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा शुक्रबार भएको बैठकले पुस १५ बाट सवारी चालक अनुमति पत्रका लागि अनलाइन फाराम खोल्न विभागलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी यातायात व्यवस्था कार्यालय बाँकेका प्रमुख पूर्ण बहादुर खत्रीले विभागले यसअघि पत्राचार गरे बमोजिमको निर्णय विभागमा पठाइएको जानकारी दिए । ‘विभागले खोलेपछि चालक अनुमति पत्रका लागि अनलाइन फाराम भर्न सकिनेछ’, उनले भने ।