अस्वस्थ्य प्रतिस्पर्धाले धराशयी हुन थालेपछि संगठित हुँदै पाइप उद्योगी

बाँकेमा स्थापित प्लाष्टिक एण्ड पाइप उद्योग प्रा.लि.हरु संगठित हुने पहल थालेका छन् । स्क्रायप प्लाष्टिकबाट हाउस वायरिङ्ग पाइप बनाउने उद्योगहरु बीच आपसी प्रतिस्पर्धाले धरायशी हुने चिन्ताका कारण उनीहरुले संगठित हुने पहल थालेका हुन् ।


सोमबार भएको बैठकमा सहभागी त्रिकालदर्शी प्लाष्टिक एण्ड पाइप उद्योग प्रा.लि.का सञ्चालक विकास हरी कोइरालाले कोभिडका कारण व्यवसाय प्रभावित रहेको अवस्थामा अस्वस्थ प्रतिस्र्धाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था नआओस् भनेर संगठित हुन पहल गरेको बताएका छन् ।

बाँकेमा सात ७ वटा स्क्रायप प्लाष्टिकबाट हाउस वायरिङ्ग पाइप बनाउने उद्योगहरु छन् । जसमा ५ करोड बढीको लगानी रहेको छ । बाँकेमा यी उद्योगका कारण अन्य जिल्लाबाट हाउस वायरिङ्ग पाइप ल्याउनु पर्ने अवस्था छैन । यसअघि उद्योगका लागि भारतबाट कच्चा पदार्थ ल्याउने गरिएपनि पछिल्ला दिनमा स्वदेशमै खेर जाने स्क्रयाप प्लाष्टिकको प्रयोग गर्न थालिएको छ ।


बैठकमा क्वालिटीलाई बढाउने र मूल्यमा एकरुपता कायम गर्ने सहमति उद्योगीहरुले गरेका छन् । बैठकमा बजारको माग अनुसार उत्पादन हुन नसकेकाले उत्पादन बढाउने बारे पनि छलफल भएको थियो ।

छलफलमा व्यवसायीहरुले पाइपको मूल्य निर्धारण गर्दै सो भन्दा कममा पाइप बिक्री नगर्ने सहमति गरेका छन् । पुस ५ गतेबाट लागु हुने गरी नयाँ मूल्य निर्धारणको सहमति गरेका उद्योगीहरुले कसैले त्यसलाई उल्लंघन गरेमा प्रति बिल १ हजार जरिवाना गर्ने समेत निर्णय गरेका छन् । त्यस्तै, उद्योगीहरुले प्लाष्टिक उत्पादक संघ दर्ताको पहल गर्ने निर्णय पनि गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया