साइकल गाथा

झापा भद्रपुर कि स्वेता श्रेष्ठ उमेरले भर्खरै २५ पुगिन् । तर उनी साह्रै साहसिक र हिम्मतवाली छन् त्यसैले त उनले तय गरिन मेची–महाकाली एकल साइकल यात्रा । महिला सशक्तिकरणको बिषयलाई मुख्य नारा बनाएर मङ्सिर १० गते झापाको मेचि पुलबाट साइकल यात्रामा निस्किए कि स्वेताको उद्देश्य सबै छोरीहरुले उनी जस्तै गरि इच्छाएका ठाउँमा घुमफिर गर्न सकुन् भन्ने छ उनले म सँगको भेटमा सुनाइन् । धेरैले छोरीलाई एक्लै वा साथी भाईसँग घुमफिर गर्न खोज्दा विभिन्न कुरा गरेर रोक्छन् हो त्यही कुराले मलाई छोयो अनि यो एकल साइकल यात्राबाट सबै छोरीहरु र उनका आमाबाबु र परिवारका सदस्यलाई छोरीहरु पनि घुम्न सक्छन् भन्ने सन्देश पुगोस् भन्ने रहेको छ ।


त्यसो त स्वेताको यो यात्रा पहिलो भने होइन उनले दुई बर्ष अगाडि सोलो ट्राभल अन्तर्गत हेटौंडादेखि अत्तरियासम्म साइकल यात्रा र खप्तड सम्मको पदयात्रा गरिसकेकी छन् । हेटौंडा बन विज्ञान क्याम्पसबाट फरेस्ट्री साइन्समा ब्याचलरको अध्ययन पुरा गरिसकेकी स्वेताले यो साइकल यात्राबाट देशभर ‘महिला सशक्तीकरण’मा सकारात्मक सन्देश दिनु नै उनको प्रमुख उद्देश्य हो भने ‘लैङ्गकि विभेद र असमानताका विरुद्ध हुनेछन् उनका प्रत्येक पाइडलहरु ।’
एउटा महिला त्यो पनि अविवाहित भर्खर २५ बर्ष कि मात्र यसरी एक्लै साइकलमा एकदुई दिन, ५०÷१०० किलोमिटर मात्र होइन झण्डै महिना दिनअनि सयौं किलोमिटर साइकलमा निस्कनु आफैंमा ठुलो चुनौती हो । देशभर देखिएका महिला हिंसा विरुद्ध पनि हो उनको यो साइकल यात्रा यो चुनौतीपूर्ण साइकल यात्राले आफुजस्तै थुप्रै छोरीहरुलाई स्वतन्त्रतापूर्वक हिडडुल गर्न केही न केही भएपनि सकारात्मक महौल बन्नेमा स्वेता श्रेष्ठ आशावादी छन् ।


साइकल यात्राका क्रममा सबै ठाउँहरुमा रहेका साइक्लिस्ट र साइक्लिङ्ग क्लबहरुबाट सहयोग र स्वागत सत्कार पाएकोमा स्वेता खुशी छन् उनलाई नेपालगन्ज आइपुग्दा नेपालगन्ज साइक्लिङ्ग क्लबले एकसमरोहका बीच स्वागत गरेको छ । बाटोमा साइकल लेन नहँुदा जथाभावी सडक च्यापेर गुड्ने जिप, ट्रक, बस र टिप्पर बाट धेरै जोखिम रहेको र आफ्नो साइकल यात्रामा समेत केहि अप्ठ्यारो परेको उनको अनुभव छ ।

साइकल लेन चाहिँ सबै सडकमा अति आवश्यक भएको उनको ठम्याइ छ । नेपालमा साइक्लिङ्गको क्रेज र ट्रेन्ड बढे सङ्गै धेरैले मेची–महाकाली साइकल यात्रा गरिसकेका छन् तर स्वेताको यो साइकल यात्रा चाहीँ अहिलेसम्म गरिएका साइकल यात्रा भन्दा अलि फरक छ उनले यो यात्रालाई महिलालाई सक्षम र सशक्त बनाउने उद्देश्य राखेर यो यात्रामा निस्किएकी छन् । महिला सशक्तिकरण, लैङ्गकि हिंसा र महिला माथि हुने दुव्र्यवहार असमानता विरुद्ध साइकल यात्रामा निस्किएकी झापा भद्रपुर निवासी स्वेता श्रेष्ठ बैनिको साहसिक साइकल यात्रापूर्ण रूपमा सफल बनोस् उनको साइकल यात्राको मुल उद्देश्यमा सफलता मिलोस् शुभकामना ।

प्रतिक्रिया

प्रतिक्रिया