कोरोना : नगरपालिकाका शाखा अधिकृतको मृत्यु, ४१ सिकिस्तको उपचार हुँदै

नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत दान बहादुर विष्टको कोरोनाका कारण मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार राती दुई बजे मृत्यु भएको हो । बिहीबार कोभिड पोजेटिभ पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

नेपालगन्जमा यसअघि एक जनप्रतिनिधि र उपमहानगरपालिकाकै जिन्सी शाखाका युवराज घलेको मृत्यु भएको थियो ।


बाँकेमा ४१ जना कोरोना संक्रमणका कारण गम्भीर भएका बिरामीहरुको उपचार भैरहेको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले दिएको जानकारी अनुसार, भेरी अस्पतालमा ३० र मेडिकल कलेज कोहलपुरमा ११ जना सिकिस्त कोभिड संक्रमितको उपचार भैरहेको हो ।
अस्पतालमा कोभिडको उपचार गराउने मध्यम खालका बिरामीहरुको संख्या ५७ रहेको छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार, भेरी अस्पतालमा ३५ र मेडिकल कलेजमा २२ जना मध्यम लक्षण भएका कोभिड संक्रमितको उपचार भैरहेको हो । जिल्लामा होम आइसोलेसनमा बसेका कोभिड संक्रमितको संख्या १ सय ६ रहेको छ । जिल्ला र जिल्ला बाहिरका गरी बाँकेमा २ सय ४ जना कोभिड संक्रमित आइसोलेसनमा रहेका छन् ।
शनिबार थप १० जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले जानकारी दिएको छ । ५ महिला र ५ पुरुषमा कोभिड पुष्टि भएको हो । बाँकेमा हालसम्म ४ सय १ सय ५५ मा कोभिड पुष्टि भएको छ जसमध्ये ३ हजार ९ सय २६ डिस्चार्ज भएका छन् । शनिबार २६ जना कोभिड संक्रमितले आइसोलेन अवधी पुरा गरेका छन् ।


कोरोनाबाट थप १५ को मृत्यु
नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ । बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३५९ जना कोरोनामुक्त भएका छन् । कुल संक्रमिमध्ये दुई लाख ३४ हजार २३१ कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया