
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश केशवराज जोशीले मानव अधिकारको संरक्षण गर्नु अदालतको पहिलो दायित्व भएको बताएका छन् । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा विभिन्न अधिकारवादी संघ संस्थाहरूको आयोजनामा बिहीबार नेपालगन्जमा भएको १२ औं मानव अधिकार महाभेला तथा भजन मानव अधिकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै न्यायाधीश जोशीले मानव आफु हेपिन चाहदैन भने अरुलाई पनि हेप्न नहुने बताएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग, महिला कानून र बिकास मञ्च, इन्सेक, फियान नेपाल, एडभोकेसी फोरम, आईएचआरसी लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा जनताको मानव अधिकार रक्षाका लागि जहिले पनि प्रतिबद्ध रहेको बताउँदै न्यायाधीश जोशीले जनताको मानव अधिकारको लागि सजक रहनु पर्नेमा जोड दिएका थिए । मानव अधिकारको विषयलाई एक दिने दिवस मात्र नभएर जीवन भर मानव अधिकार दिवस सम्झेर अगाडि बढ्न आवश्यक रहेको न्यायाधीश जाशीले बताए । समय अनुसार मानव अधिकारका नारा फरक भएकोले कोरोना माहामारीको बेलामा नागरिकको स्वास्थ्य अधिकारलाई बढी जोड दिन आवश्यक रहेको न्यायाधीश जोशीको भनाइ रहेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकरकुमार रावलले १९४८ सालमा सार्वजनिक भएको विश्वव्यापि घोषणा पत्रमा उल्लेख गरिएका कुराहरूलाई सबैले सम्मान गर्नुपर्ने बताए । माहामारीको कठिन परिस्थितिमा एक अर्काको टिका टिप्पणी गर्नु भन्दा सबै मिलेर मानव अधिकारका विषयमा समाजलाई कसरी सफल बनाउने भन्ने विषयमा ध्यान दिन रावलले आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले मानव अधिकार प्रति आफु अति सम्वेदनशील भएर काम गर्ने प्रतिवद्धता जनाए । नेपाल सरकारको नीति र कार्यक्रमको कार्यान्वयन गर्ने कुरा उल्लेख गर्दै माहामारीको समयमा नागरिकको स्वास्थ्य अधिकारलाई ध्यान दिदै क्वारेण्टिन, आइसोलेसन, भेण्टीलेटर व्यवस्थापन खटिएको बताए ।
नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले मानव अधिकारको संरक्षणको सवालमा राम्रो कानूनी ब्यवस्था भए पनि कार्यान्वयनको पाटो फितलो भएकोले प्रभावकारी कार्यान्वयनमा जोड दिए । लैंगिक हिंसा रोकथामका लागि सोच बदल्न आवश्यक रहेको बताउदै श्रेष्ठले लैङ्गिक हिंसा आफुपनि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाए ।
अधिकारकर्मी वसन्त गौतमले बिश्व मानव अधिकार दिवसका सन्दर्भमा सबैलाई सुभकामना दिदै सबै नागरिकले मानवताका नाताले सम्मानपुर्वक बाँच्न पाउने अधिकार मानव अधिकारको सुनिश्चिता हुनु पर्नेमा जोड दिएका थिए ।
इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले मानव अधिकार सङरक्षण र सम्बद्र्धनमा सबै सरोकारवाला निकाय सम्वेदशील हुनुपर्ने बताउदै समय अनुसार नारालाई पनि परिमार्जन गरि नागरिकको स्वास्थ्य सेवालाई महत्व दिएको बताउनु भयो ।
फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले कोरोना संक्रमणमा लैंगिक हिंसाका घटनामा बढोत्तरी भएको उल्लेख गर्दै हिंसा रोकथाममा सबै लाग्नु पर्ने बताइन् ।
यसैगरी, यस बर्षको ‘भजन मानव अधिकार पुरस्कार’ न्यायका लागि द्वन्द्व पीडित समाज बाँके अध्यक्ष चन्द्रकला उप्रेतीलाई प्रदान गरिएको छ । द्वन्द्व पीडितको अधिकार, सशक्तिकरण र न्यायको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका सदस्य अधिकारकर्मी बसन्त गौतमले बताए । भजन स्मृति मानव अधिकार पुरस्कारबाट सम्मानित उप्रेती उप्रेती स्वयम पनि द्वन्द्व पीडित हुन् । उनका श्रीमान भुपेन्द्रराज उप्रेतीलाई २०६० सालमा सुरक्षाकर्मीले धम्बोजीबाट पक्राउ गरि हालसम्म बेपत्ता पारेको छ ।
इन्सेक नेपालगन्जमा कार्यरत भजनराम चौधरीको ०६९ जेठ १६ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । मानव अधिकार सञ्जाल, नेपालगन्जले उनको नाममा ट्रष्ट स्थापना गरी प्रत्येक दुई वर्षमा मानव अधिकारको क्षेत्रमा क्रियाशील मानव अधिकारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । पुरस्कार सिफारिस समितिमा अधिकारकर्मी मैमुना सिद्धिकि, अधिवत्ता वसन्त गौतमका र नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष रुपा गहतराज रहेका थिए ।
यसै गरि मानव अधिकार संजालका तर्फबाट द्वन्द्वपीडित महिलाको अधिकार, सशक्तिकरण र उनीहरुको न्यायको पक्षका वकालत गरे वापत द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती खत्री र दलित महिलाको अधिकारको संरक्षण र जातिय बिभेद अन्त्यका लागि कार्य गरे वापत दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारलाई सम्मान प्रदानका गरिएको छ ।
यसैगरी, मानव अधिकार सञ्जाल, नेपालगन्जले द्वन्द्व पीडित तथा एकल महिलाको अधिकार, उनीहरुको सशक्तिकरण र न्यायको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती खत्री र जातिय बिभेदको बिरुद्ध र दलित महिलाको अधिकारको वकालत गर्दै आएकी दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारलाई सम्मान गरेको छ । दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको सिफारिस समितिका संयोजक मैमुना सिद्दिकीले बताइन् ।
भजन मानव अधिकार पुरस्कारबाट सम्मानित चद्रकला उप्रेतीले पुरस्कारले पीडितको न्यायको पक्षमा काम गर्न अझै उत्प्रेरणा मिलेको बताइन् । अधिकारकर्मी प्रकाश उपाध्यायले संचालन गरेको कार्यक्रममा फियान नेपालका नेपालगन्ज प्रमुख सुरेश कुमार गौतम, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी लगायतका वक्ताहरुले मानव अधिकारको संरक्षणमा राज्यका निकाय जिम्मेवार हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रहरी प्रशासन, नागरिक समाज, द्वन्द्व पीडित, पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।