नेपालगन्ज : एटीएम बुथमा चोरीको प्रयास, दुई पक्राउ

बाँके प्रहरीले एटिएम बुथमा चोरीको प्रयास गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो ४ बजे नेपालगन्ज–१८ कारकाँदो स्थित रहेको माछापुच्छ«े बैंकको एटीएम मेशिनमा केही मानिसहरुले चोरी गर्न लागेको भन्ने सूचना पाएपछि प्रहरी खटिएको थियो ।


जिप्रकाबाट खटिएको प्रहरी टोलीले माछपुच्छ«े बैंकको एटिएम मेसिन तोडफोड गरी भाग्न लागेका भारत रुपैडिया बाबागंज बस्ने सलवान अली र मोविन अली लाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया