
नेपालगन्जमा बिगत केहि बर्षदेखि साइक्लिङ्गका गतिविधि र कार्यक्रमहरु बढ्दै जाँदा साइकल प्रति छुट्टै रौनक मात्र थपिएको छैन साइकल प्रति शहरिया वर्गको आकर्षण नै बढेको छ । अहिले नेपालगन्जमा साइकलको चढ्छन् होइन कि क कस्ले चाहिँ साइक्लिङ्ग गर्दैन भन्ने अवस्था आएको छ, साइकल अहिले सहरमा स्वास्थ्यताको सिम्बोल समेत बन्न पुगेको छ ।
यस्तै अहिले नेपालगन्ज शहरमा आकाशे साइक्लिङ्ग चर्चामा छ हवल्दारपुरमा रहेको हेप्पी वल्र्ड र बाले गाउँमा रहेको मेरो प्लानेट नामका दुई फन पार्कले सञ्चालनमा ल्याएको आकाशे साइकल अर्थात स्काई साइक्लिङ्ग अहिले सबै उमेर समुहको आकर्षण बनेका छन् । यी दुबै फनपार्कमा घुम्न आउनेको पहिलो रोजाइ बनेको छ स्काई साइक्लिङ्ग, शहरमा देखिएको साइकल अभियानको सकारात्मक प्रभाव हुनसक्छ आकाशे साइक्लिङ्गमा आम मानिसहरूको चासो ।
रमाए मन्त्री कुदाए साइकल
केहि दिन अधि विविध कार्यक्रमका सिलसिलामा नेपालगन्ज आइपुग्नु भएका पर्यटन मन्त्री योगेश भट्टराई सङ्गै आकाशे साइक्लिङ्गको अवसर जुर्यो, युवा ब्यबासायी डाक्टर ओम मिश्राले सञ्चालनमा ल्याएको मेरो प्लानेटको बिशेष निमन्त्रणामा उक्त फनपार्क अवलोकन गर्न पुग्नुभएका मन्त्री योगेश भट्टराईलाई त्यहाँ भएको आकाशे साइकलले आकर्षण गरिछाड्यो अनि आकाशे साइक्लिङ्गमा पर्यटन मन्त्री बेस्सरी रमाउनु भयो । बिदेश तिरका फनपार्कहरुमा देखिने यस्ता गतिविधि अब पश्चिम नेपालको ठुलो शहर नेपालगन्ज मै भए पछि यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने टिप्पणी मन्त्री भट्टराईले गर्नुभएको थियो ।
देशभर माउन्टेन बाइकिङ्गमा रुचि राख्नेहरुले सामाजिक संजालमा स्काई साइक्लिङ्गका गतिविधिहरुको पोस्ट देखेर नेपालगन्ज आउने थप इच्छा र रुचि प्रकट गर्दै सन्देशहरु पठाइरहेका छन् । स्काई साइक्लिङ्गले नेपालगन्जमा रौनक नै ल्याएको छ, आकाश माथी मसिनो फलामको तार माथी साइकिलका पाङ्ग्रा गुडाउनु बेग्लै रमाइलो छ, अलि अलि डर अलि अलि एक्साइटमेन्ट अनि नौलो पनि सडकमा साइकल कुदिरहेकाहरुलाई एकैपटक आकासमा पाइडल मार्नु बेग्लै मज्जा ।