बाँकेमा निजी वन प्रति आकर्षण

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार बाँकेमा १ सय २४ वटा निजी वन दर्ता भएका छन् । त्यो भन्दा १० गुणा बढी संख्यामा दर्ता नभएका निजी वन रहेको डिभिजन वन कार्यालयको अनुमान छ ।

उद्योगपति चम्पालाल बोथराको बैजनाथ गाउँपालिका स्थित निजि बनमा गोडमेल गर्दै किसान ।

देबेन्द्र राज पौडेल

बाँकेमा निजी वन प्रति आकर्षण बढ्दै गएको छ । कम मेहनतमा अन्य खेती भन्दा १०औं गुणा बढी आम्दानी हुने भएपछि निजी वन प्रति आकर्षण बढ्दै गएको हो ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार, बाँकेमा १ सय २४ वटा निजी वन दर्ता भएका छन् । डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले दर्ता भएर ७०.९१ हेक्टरमा रुख लगाउने कार्य भएको जानकारी दिएका छन् । ‘यो दर्ता भएर गरिएको निजी वनको तथ्यांक हो’, उनले भने, ‘दर्ता नगरी रुख लगाउने कार्य १० औं गुणाले बढी छ ।’


डिभिजनल वन अधिकृत राजु क्षेत्रीले सबै वन दर्ता हुनै पर्छ भन्ने व्यवस्था नरहेको बताउँछन् । सरकारले दर्ता नभएको निजी वन धनीले २३ प्रजातिका रुखहरु कटान गर्न अनुमति लिनु नपर्ने र काठ दाउरा ओसारपोसार गर्न छुटपुर्जि लिनु नपर्ने व्यवस्था गरेको छ । जसका कारण छुटपुर्जी चाहिने रुख खेती गर्नेहरुले मात्रै डिभिजन वनमा दर्ता गर्ने गरेका छन् ।

खासगरी बगर तथा खोलानालाको किनारामा रहेका, उब्जनी कम हुने जग्गाहरुमा रुख खेती गरिने गरिएको छ । ‘धान, गहुँ, तरकारी जस्ता बालीमा बढी मेहनत छ, त्यसको तुलनामा काठको माग बढी छ भने आम्दानी पनि बढी’, डिभिजनल वन अधिकृत क्षेत्रीले भने, ‘त्यसैले पनि रुख खेती प्रति आकर्षण बढेको हो ।’ हुनपनि अन्य बाली जस्तो रुख खेतीलाई स्याहार गर्नुपर्दैन, किराले नोक्सान गर्ने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया