पार्टी अन्तरविरोधबाट आत्तिनुपर्दैनः भट्टराई

नेकपाका युवा नेता, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा देखिएको अन्तरविरोधबाट नआत्तिन आग्रह गरेका छन् ।


मन्त्री भट्टराईले पार्टी फुट्छ कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको भन्दै सरकारले पुरै अवधि काम गर्ने अवस्थाको सुनिश्चितता खोजे । नेपालगन्जमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले पार्टीको अन्तरविरोध समाधान नेतृत्वभित्रै रहेको औल्याउँदै भने, ‘सरकारको स्थायित्व र पार्टीको वृहत्तर एकता नै आजको आवश्यकता हो ।’

युवा नेता भट्टराईले पार्टी कार्यालयमा अगुवा कार्यकर्ताहरुसँग पनि औपचारिक भेटघाट गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया