बाँकेको जानकी गाउँपालिकामा दुई पक्षबीच झडप भएको छ । त्यहाँ लागेको मेलाबाट स्थानीय दुई पक्षबीच झडप सुरु भएको थियो । मेलामा सुरु भएको झडप प्रहरी शान्त पारी घर पठाएको थियो ।
बाबु यादव र रामनरेश गुप्ता पक्ष मेलामा भएको विवाद पछि घर फर्किए । घर पुगेका उनीहरु बीच पुनः झडप भएको छ । झडपका क्रममा धनीराम यादवको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाका घाइतेलाई अस्पताल लगिएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्का झडप भएको स्थान बनिया गाउँ पुगेका छन् । उनले अवस्था बिग्रन नदिन सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिएका छन् ।