द्वन्द्व पीडितको सवाल सम्बोधनमा सार्थक पहल हुन पर्नेमा जोड

नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले द्वन्द्व पीडितको सवाल सम्बोधनमा सार्थक पहल हुन पर्नेमा जोड दिएका छन् । न्यायका लागि द्वन्द्व पीडित समाज, आईसिजे, एडभोकेसी फोरम, महिला कानून र बिकाश मञ्च लगायतका अधिकारवादी संघ सस्थाका संयुक्त आयोजनामा संक्रमणकालिन न्याय सम्बन्धी कार्यक्रमका सहभागीहरुले द्वन्द्व पीडितले न्यायको अनुभुति नगरेसम्म शान्ति प्रक्रियाले टुंगोमा पुगेको मान्न नसकिने भएकाले पीडित मैत्री संक्रमणकालिन न्यायको आवश्यकतामा जोड दिएका थिए ।


कार्यक्रममा युद्ध लडेको पाटी, सरकार समेतले आफुहरुको पीडामा वेवास्ता गरेकाले तत्काल आफ्ना सवाल सम्बोधन हुनु पर्नेमा द्वन्द्व पीडितहरुले जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा बाँके अध्यक्ष आईपी खरेलले द्वन्द्व पीडितका कुरा आफुले संसलमा उठाउने, बेपत्ताका श्रीमतीहरुलाई सामाजिक सुरक्षाभत्ताको लागी पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । स्थानीय सरकारले आफ्नो दायरा भित्र रहेर पीडित लक्षित कार्यक्रम ल्याउनु पर्ने र यसको लागि आफुले पहल गर्ने बताएका थिए । पीडितको पीडा बुझन भेटघाट कार्यक्रम जरुरी रहेको भन्दै सांसद खरेलले पीडितको सवाल सम्बोधनमा सबै गम्भीर भई लाग्नु पर्नेमा जोड दिएका थिए ।


अधिकारकर्मी बसन्त गौतमले शान्ति सम्झौता भएको १४ बर्ष बितिसक्दा पनि पीडितले न्याय पाउन नसकेको बताए । न्याय दिलाउन नसके पनि राज्यले पीडितलाई परिपुरणको ब्यवस्था गर्नुपर्ने जोड दिए । सबै भन्दा बर्दियामा २६४ बढी र बाँकेमा १०६ बढी बेपत्ता तथा सहिद परिवार रहेको बताउँदै उनले पीडितका लागि लुम्वीनी प्रदेश सरकारबाट विशेष स्वरोजगार कार्यक्रम छुट्याउनु पर्ने सुझाव दिए ।

यसैगरी नेपाल बार एशोसिएनका केन्द्रीय उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका क्षेत्रीय संयोजक सुनिल श्रेष्ठले अधिकारबाट कोही पनि बञ्चित नहोउन् भन्ने उद्देश्यले आफु सँधै पीडितको पक्षमा वकालत गर्दै आएको बताए । भावुक बन्दै उनले, ‘पीडितको गुनासो सुनेर मात्र मनमा धेरै पीडा बोध भएको बताउँदै स्वयं पीडा भोगेको भए झन् कस्तो हुन्थ्यो होला ।’ भने । द्वन्द्व पीडित महिलालाई अन्य कुनै घटनामा पनि निशुल्क कानुनी उपचारका लागि आफू सँथै तत्पर रहने प्रतिबद्धता जनाए ।


न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीले स्थानिय तहमा कुनै समस्या लिएर जाँदा जनप्रतिनिधिले नै अझै पनि द्वन्द्व पीडित छन् र ? भन्ने प्रति प्रश्न गर्दा झनै पीडा हुने गरेको बताइन । बाँकेमा केही पालिकाले द्वन्द्व पीडितका लागि न्युन बजेट छुट्याए पनि सहि सूचनाको अभावमा पीडितले सहयोग पाउन नसकेको उहाँको गुनासो थियो । स्थानीय पालिकाले पालिका भित्र रहेको द्वन्द्व पीडितको सहि तथ्यांक संकलन गरेर पीडितको नाममा आएको बजेट वास्तविक पीडित समक्ष पु¥याउनु पर्नेमा जोड दिइन ।

कार्यक्रमा बोल्दै राप्ती सोनारी गाउापालिका वडा नम्बर ९ की द्वन्द्व पीडित सीता शाहले पीडितले सत्तामा गएका नेताहरुलाई आफ्नो पीडा सुनाउनु भन्दा पनि नेतहरुले पीडितको अवस्था बुझ्न आउनु पर्नेमा अहिले सम्म कसैले सोधी खोजीगर्न नआउँदा अत्यन्तै पीडा हुने गरेको बताइन । उनले आक्रोस पोख्दै भन्नु भयो– ‘हाम्रा अभिभावकहरु मरे पछि परिवारले १० लाख पाउँछन् भनेर युद्धमा होमीएका होइन, देशको सत्ता शासन परिवर्तनका लागि लडेका थिए तर विडमवना उनै सहिदको बलिदानीबाट सत्तामा पुगेका आफ्नै पार्टीका नेताले समेत फर्केर हेर्न आउदैनन् ।’ द्वन्द्वकालमा कतिपय छोरा छोरी गुमाएका बृद्ध आमा बुवालाई अस्पताल सम्म लैजाने कोही नहुँदा औषधी विना छट्पटी रहेको अवस्था सुनाउँदै उनले भनिन्, ‘अहिले पीडित परिवारका सदस्यलाई शिक्षा छैन, स्वास्थ्य छैन, रोज गारी छैन, तर पनि कसैको सहयोगी नजर पर्न सकेको छैन ।’


द्वन्द्वकालमा नातीनी साढे दुई बर्षको हुँदा छोरा बुहारी गुमाएकी कोहलपुर नगरपालिका –३ मदन चौक निवासी भुमिसरा थापाले नातिनीलाई शिक्षा दिनै मुस्किल परिरहेको बताइन् । यस्तै बैजनाथ गाउँपालिका ४ की द्वन्द्व पीडित पार्वती बुढाले आफ्नै पार्टीबाट सत्तामा गएका प्रत्येक नेताले एक जना पीडित परिवारलाई दुई हजारका दरले औषधी उपचार खर्च सहयोग गरेपनि ठूलो राहात पुग्ने बताईन । द्वन्द्वकालमा तत्कालीन माओवादीको पीएलए भएर काम गरेको बताउँदै बुढाले – ‘थुप्रै नेताहरुलाई सुरक्षा दिएर ठूला मान्छे बनायौं र सिंह दरवार सम्म पु¥यायौं तर हामीले के पायौं ?’ तीन तहको सरकार भएपनि द्वन्द्व पीडितहरुहरुको लागि छुट्टै बजेट ल्याउन नसकेको बताइन । स्थानीय तहमा लक्षित वर्गका लागि समग्रमा बजेट आउँदा कतिपय वास्तविक द्वन्द्व पीडितहरुहरुले सेवा सुविधा पाउन नसकेको उनको गुनासो थियो ।


राप्ती सोारी ४ का द्वन्द्व पीडित राम रतन चौधरीले पीडितका पक्षमा काम गर्ने भनेर आएका सत्य निरुपन र वेपत्ता आयोग लगायतका विभिन्न आयोग स्थापना भएपनि समस्या जीउँका तिउँ रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया