पानी उद्योग संघमा नयाँ समिति

पानी उद्योग संघ नेपालगन्ज बाँकेले नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष विनय श्रेष्ठकै नेतृत्वलाई निरन्तरता दिंदै नयाँ कार्यसमिति चयन गरिएको हो ।


शनिबार भएको छैठौं साधारणसभा तथा चौथो अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिमा विष्णु रिमाल प्रथम उपाध्यक्ष, वेदप्रकाश गुप्ता द्वितीय उपाध्यक्ष, विकल कुमार श्रेष्ठ महासचिव, उदित बाबु रेग्मी सहसचिव र चन्द्रकान्त आचार्य कोषाध्यक्ष रहेका छन् ।


त्यस्तै साकिर खान, भरत सिलवाल, वकिल अहमद, दिपेन्द्र भुषाल र रिजवान कार्यसमिति सदस्यमा निर्वाचित भएको प्रथम उपाध्यक्ष विष्णु रिमालले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया