लेखिएको शीर्षकले दुई अर्थ दिन्छ एक त महिलाहरुलाई समान अवसर दिइसकेपछि किन फेर्ने दृष्टिकोण र व्यवहार, भने अर्को चांहि किन महिला प्रतिको विद्यमान दृष्टिकोण र व्यवहार फेर्न आवश्यक छ । यस कारण यी दुबै अर्थलाई उदाहरण सहित लेखको अन्तिम भागमा प्रष्ट पार्न खोजिएको छ । महिला र पुरुष समान हुन् भन्ने कुराको वकालत गर्न लागेको करिब तीन शताब्दी नै भइसक्यो । सन् १८४८ को सेनेका फल्स सम्मेलनबाट महिला अधिकारको बहस सुरु भएको थियो । यसले १९ औं शताब्दी वा त्यो भन्दा पहिलादेखि नै महिला उत्पीडनको शिकार हुँदै आएको रहेछ भन्ने चित्र वा झलक देखाउँछ ।
सेनिका फल्स अमेरिकामा सम्पन्न भएको उक्त सम्मेलनमा महिला पारिवारिक, राजनीतिक, आर्थिक, शैक्षिक, पेशागत तथा नैतिक रुपमा उत्पीडनमा परेको कारण महिलाको अधिकार सम्बन्धी सम्मेलन गर्नुपर्ने भनी प्रस्तावनाहरु तथा घोषणापत्र नै जारी गरी महिला अधिकार सम्बन्धी आन्दोलन जारी भएको घोषणा विश्वका महिलाहरुले गरेका थिए ।
सेनेका फल्स सम्मेलनको शुरूआत
न्यूयोर्कको सेनेका फल्सको वेस्लियन चैपलमा संयुक्त राज्य अमेरिकामा पहिलो पटक आयोजित महिला अधिकार सम्मेलन भयो जसमा करिब २०० महिलाहरू उपस्थित रहेकोथियो । सन् १८४० मा लण्डनमा भएको दासत्व विरुद्ध सम्मेलनमा भेला भएका दुई उन्मूलनवादीहरू लुक्रेटीया मोट र एलिजाबेथ क्याडी स्टेन्टनद्वारा यो सम्मेलनको आयोजना गरिएको थियो । महिलाको रूपमा, मोट र स्ट्यान्टनलाई अधिवेशनको भुइँबाट प्रतिबन्धित गरियो, र ती दुवै दुबैमा पैदा भएको साझा क्रोध संयुक्त राज्यमा महिला अधिकारको आन्दोलनको स्थापनाको लागि उत्प्रेरणा थियो ।
सन् १८४८ मा सेनेका फल्स नजिकै स्टान्टनको घरमा मार्था राइट, मेरी एन म्याक्लिन्टक र जेन हन्टसँगै काम गर्ने दुई महिलाले सेनेका फल्समा महिला सम्मेलनको लागि बोलाए। जुलाई १ मा सेनेका काउन्टी कूरियरमा प्रकाशित उक्त घोषणा पत्रमा भनिएको थियो, कि महिलाको सामाजिक, नागरिक र धार्मिक अवस्था र महिला अधिकारको बारेमा छलफल गर्ने एउटा अधिवेशन बुधवार र बिहिवार सेनेका फल्सको वेस्लेयन चैपलमा आयोजना गरिनेछ १९ जुलाई र २० जुलाई १० बजे अपरान्ह पहिलो दिन बैठक महिलाका लागि मात्र हो, जो उपस्थित हुनका लागि आमन्त्रित छन् ।
तीन शताब्दीदेखि जारी महिला अधिकार सम्बन्धी आन्दोलनको परिणाम स्वरुप महिलालाई विभिन्न अधिकार सम्पन्न बनाइयो । हाम्रो देशको सरकारले महिलाका पक्षमा विभिन्न कानून बनाइ महिलाहरुलाई अधिकार सम्पन्न बनायो । हाम्रो देशमा पनि स्वादेशी (सरकारी र गैरसरकारी) र विदेशी अनुदान र आर्थिक सहयोगमा महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम र परियोजनाहरु लागु गर्यो । जसको फलस्वरूप महिलाहरु विभिन्न क्षेत्रमा अगाडि बढेर हातेमालो गर्न तयार भइन् ।
निजामति सेवामा ८२ हजार ४ सय ९६ जना कर्मचारीमध्ये ६६ हजार ५ सय ७५ पुरुष छन् भने महिला कर्मचारीको संख्या १५ हजार ९ सय २१ मात्र रहेको छ । यो संख्या भनेको मात्र १९.३५ मात्र हो। देशको कुल जनसंख्याको ५१.५५ हिस्स ओगटेको महिलाको उपस्थिति देशको कुल जनसंख्याको तुलनामा निकै कम हो ।
समानता सम्बन्धी नेपाली परिवेशलाई केही बिश्लेषण गर्न मन लाग्यो, वर्तमान परिवेशमा नेपाली महिला राष्ट्रपति बनी देशको अभिभावको दायित्व बहन गरेको छ । तर, नेपाली महिला प्रधानमन्त्री बन्न भने सके साधन र स्रोतमाथिको अधिपत्य हुने र शक्तिको स्वामित्व हुने ठाउँमा महिलाको उपस्थिति र प्रतिनिधित्व रहेको कमै मात्रामा पाइन्छ, अझ भनौं शुन्य प्राय छ ।
शिक्षाको क्षेत्रमा महिला सहभागिता बढाउन महिलाहरुका लागि आरक्षणको व्यवस्था गरियो तर उपलब्धी न्यून । राजनीतिक क्षेत्रमा सहभागिता बढाउन ३३ प्रतिशत आरक्षणको व्यवस्था गरियो तर कार्यान्वयन फितलो ।
बसमा महिलाका लागि सिट छुट्याउँदा आपत्ति । महिलाहरु लाई सुत्केरी बिदामा कन्जुस्यायी ।
महिलाप्रतिको व्यवहारिक यथार्थता
महिलाका हकमा उदार देखिने देशको दर्पणको रुपमा चिनिने संविधान लगायतका अन्य कानूनी दस्तावेजहरु अध्ययन र विश्लेषण गरियो भने महिलाको अवस्था र स्तर पुरुषसंग समान रहेको र महिलाको अवस्था पनि पुरुष सरह नै छ कि भन्ने भान हुन्छ । हेर्ने हो भने कानूनमा महिलालाई अधिकार उपभोग गर्नका लागि पुरुष सरह समानता दिई सक्षम र सवल बनाएको छ। नेपालको संविधानको मौलिक हकहरुको हरेक धारामा महिला र पुरुष समान हुन् र महिला भएकै आधारमा विभेद भयो भने विभेद गर्नेलाई कानूनी दायरमा ल्याई कानूनी दायित्व समेत बहन गराउने भन्ने व्यवस्था गरेको छ । अझ महिलालाई पुरुष सरह नै बराबरी स्थानमा ल्याउनका लागि आरक्षण र सकारात्मक विभेदको समेत विशेष व्यवस्था गरेर महिलालाई पुरुष सरह समाज दर्जामा ल्याउन प्रयास गरिएको भए तापनि महिलाप्रतिको दृष्टिकोण र व्यवहारमा अहिले पनि परिवर्तन हुन सकेको छैन् । अहिले पनि महिलाहरुको योगदानको कदर गरिदैंन् यदि कुनै महिलाको कदर गरियो भने पनि त्यसमा उसको योगदान भन्दा उसंग जोडिएको पुरुषको प्रभाव नै मुख्य कारण रहेको हुन्छ ।
महिलाप्रतिको जुन एउटा धारणा आज बनिसके छ कि महिलाहरु आफु खुशी नोकरीपेशा र व्यापार गर्छिन् । हुन सक्छ यसमा केही प्रतिशत महिला त्यही सोचले आएकी हुनसक्छिन् । केही महिला आफ्नो योग्यता, दक्षता र क्षमताबाट समाजमा योगदान पुर्याउने उद्देश्यले नि आएकी हुन्छिन् । तर सबै सम्पन्न परिवारबाट आएकी हुन भन्ने नि छैन् हुन सक्छ एउटी कामकाजी महिला आफ्नो परिवार पाल्नका लागि रोजगारको खोजिमा निस्केकी हुन सक्छिन् । त्यस कारण ती महिलाले निभाउने जिम्मेवारी र समाजको हेराइ बुझाइमा धेरै फरक छ । त्यही बुझाइको फरकलाई स्पष्ट पार्न यो लेख यथार्थ परक शैलीमा लेखिएको छ ।
कामकाजी महिलाहरुको योगदानहरुको कुरा गर्दा यहाँ केही उदाहरणहरु साझा गरिएछन् जसले प्रष्ट पार्नेछ कि महिलाहरुलाई विशेष व्यवस्था, सुविधा, र आरक्षण किन दिनुपर्ने भनी किन महिलाप्रतिको दृष्टिकोण , धारणा र व्यवहार परिवर्तन गर्नुपर्ने ।
एउटा कामकाजी महिलाको दिनचर्या कहाँबाट सुरु हुन्छ त्यो सबैलाई थाहा नै छ । एकाबिहानै उठेर नित्यकर्म सकाएर बच्चा सानो छ भने उसको आछी सफा गरेर तेल मसाज गरी स्तनपान गराएर सुताउँछिन् । त्यसपछि आफू तथा परिवारलाई तातो पानी तथा कोठा–कोठामा चिया पु¥याउने कामबाट सुरु हुन्छ । चिया पु¥याएर आएर आफू पनि चिया खाँदै खाना बसाल्दै भाँडा माझ्न लाग्दा त हतारमा आफुले सेलाईसकेको चिया खान पनि बिर्सिन्छिन् । खान पकाउँदै तन्ना सिरानी सिरकका कभर पर्दा, छोराछोरी, आफ्नो र पतिका लुगा पनि धुनैपर्ने हुन्छ यस्तो गर्दा गर्दै खाना पाक्छ र घडीले बिहानको ८ बज्यो भन्छ । त्यतिबेला सम्म बल्ल उठेर, चिया खाँदै पत्रिका तथा मोवाइलमा ध्यान दिइरहेको श्रीमानलाई खाना खाने बेला भयो छिटो तयार हुनुस् भन्दै झकझ्कियानु पर्छ । सासु तथा ससुरालाई चिया र विहानको खाजा दिंदै छोराछोरीलाई स्कुल पठाउन हतार हतार खाना खुवाउनुपर्छ । बच्चा र पतिका टिफिन तयार गर्दै गर्दा छोराछोरीको स्कुल जाने समय भइसक्छ । हतार हतार उनीहरुलाई तयार गरी ‘वाई वाई’ गर्दै बिदाई गरी पठाउछिंन् अनि बल्ल सकिन्छ एउटा जिम्मेवारी ।
त्यसपछि सुरु हुन्छ अर्को जिम्मेवारी आफ्नो अफिसको तयारी । फेरी श्रीमानलाई खाना खान बोलाउँछिन् र आफु नि बिहानको खाना खान बस्छिन्। यस्तैमा बिहान ९ बजेको घण्टी बज्छ दुई गाँस खाना पनि राम्रोसंग खान नपाउँदै हतार हतार लुगा फेरेर अफिसको लागि तयार हुन जान्छिन् । दिन भरि अफिसमा काम गर्दै गर्दा सासु ससुराले खाना खाए खाएनन् भनेर बुझ्नु पर्छ । फोन नगरे भोलिदेखि गैर जिम्मेवार बुहारीको उपमा निशुल्क पाईन्छ । अफिसमा पनि महिलालाई महिला भनेर सहकर्मीहरुले गर्ने फरक व्यवहारको सामना गर्नुपर्छ ।
अफिसमा महिला भएकै कारणले संगैका सहकर्मीले अवसर पाउने तर ती महिला त्यो अवसरबाट बञ्चित हुन्छिन् । ऊ त महिला घर व्यवहार हेर्नुपर्ने, बालबच्चा हेर्नुपर्ने उसले सक्दिन् होला त्यही भनेर पहिलै अनुमान गरी अवसर दिनलाई अफिसका हाकिम पनि हिच्किचाउंछ । महिलाले त्यो जिम्मेवारी बहन गर्न सक्छिन् वा सक्दैनिन् भनेर उनीसंग सोध्न पनि आवश्यक ठानिदैन्न् ।
अफिसमा महिलालाई काम राम्रो गर्नुभयो, यसलाई निरन्तरता दिनुहोस् भनेर कहिल्यै प्रशंसा गर्दैन् । तर तपाईको कपाल कति राम्रो, तपाईको मुस्कान कति राम्रो तपाईको कपडा कति दामी भनेर व्यक्तिगत कुराहरुमा टिप्पणी गर्न भने बिर्सिदैन् ।
आफिस जान कोहीसंग आफ्नो साधन भए त्यस जान्छिन् भने कोहीसंग नभएर सार्वजनिक सवारीसाधनमा आफिस पुग्ने गर्छिन् । आफ्नो साधन भएकालाई त त्यति गाह्रो हँुदैन तर सार्वजनिक सवारी साधनमा आफिस जाने महिलाहरुलाई यौनदुव्र्यवहारको सामना गर्नुपर्छ । जसले गर्दा उनलाई मानसिक तनाव भएको हुन सक्छ । उनलाई बस्ने ठाउँ नमिलेर उभिएर आउँदा खुट्टा दुखेको होला वा घरको काम भ्याउँदासम्म आफिस तर्फ आउने सवारी साधन छुटेकोले अर्को बसमा आउँदा आफिस पुग्न ढिला हुनसक्छ महिलाका यी समस्या बुझ्ने कोही हुदैंन् । बरु आफिस ढिलो पुग्दा आफिसका हाकिम रन्केर भन्छन् कि, ‘तिमीहरु अवसर नदिंदा अवसर पाइन् भनी रुने, पुरुषहरुसंग बराबरी गर्न खोज्ने अनि अवसर दिदां तोकिएको समयमा आफिस नपुग्ने ।’
कामकाजी महिलाहरु घर बाहिर निस्किंदा समाजले गलत अर्थ लगाओस् भनी फेरी ख्याल राख्नु पर्ने कुरा ‘लगाएको लुगा धेरै ओभर त देखिएको छैन्, कतै पछाडि कपडामा दाग लागेको छैन्, काममा ढिलाइ त गरिन, काममा गुणस्तरीयता त कम छैन् , बढी हासेकी त छैन् , मेकअप बढी त भएन, आफु भन्दा ठुलो हाकिमको सत्कारमा कमी त गरिन आदि ।’
आफिसबाट हतार हतार फर्किदैं गर्दा घरका लागि आवश्यक सरसामान तरकारी किनेर घर पुग्छिन् । कपडा फेरीकन सांझको खाजा तयार गर्छिन् सबलाई पस्केर आफ्नो भाग झिकेर राखेकी हुन्छिन् जुन काम सकिंदासम्म सेलाइसकेको हुन्छ त्यहीबेला बच्चाहरु स्कूलबाट आइपुग्छन् उनीहरुको कपडा फेरेर उनीहरुलाई खाजा दिन्छिन् । त्यसपछि रातिको खाना तयार गर्न सुरु गर्छिन् खाना तयार गरी सबैलाई खाना खुवाएर रातिको चिया दिएर घरको सरसफाई गरेर बच्चाहरुलाई सुताउंछिन् । सासुससुराको बिस्तरा लगाउँछिन् । अनि भान्छामा पस्छिन् भान्छा सफा गरी फोहोर भाडाकुँडा धुन्छिन् । सबै काम गरीसकेपछि आफ्नो पति र आफ्नो लागि चिया बनाएर कोठामा पस्छिन् ।
जहाँ आफिसमा काम गर्न नभ्याउँदा पुरुषले घर ल्याएर काम गर्दा अहो कति काम गर्नु पर्ने कति मिहेनत गर्नु पर्ने । तर त्यही समान पदमा रहेकी महिलाले आफिसमा गर्न नभ्याएकी काम घरमा ल्याउदां यो आफिस हो कस्तो काम हो कि आफिसमा दिनभरी गर्दा पनि भ्याईनौं र घर पनि कचर पचर गर्न ल्याईछ्यौ त । दिनभरी आफिसमा गफ गरेर बस्छ्यौ र त काम भ्याउदिनौं यो तरिका भएन आफिसको काम आफिस सम्म सीमित राख कि त नोकरी छाडदेऊ ? भन्ने प्रश्न उठाइन्छ ।
बसमा महिला सिट छुट्याउँदा महिला पुरुष समान भन्ने अनि बसमा उभिन नपरोस् भनी महिला सिट खोज्ने भन्नेहरुको पनि कमी छैन । अहिले सोच्नु भएछ बसमा चढ्ने ती महिलालाई कस्तो समस्या हुन सक्छ भनी । कसैको शरीरबाट अलि कति रगत बग्यो भने शरीर कमजोर भइ रिगंटा लाग्न थाल्छ, टाउको घुम्न थाल्छ अनि आंखा तल अँध्यारो भइहाल्छ । तर कहिले सोच्नु भएछ कि हरेक महिना जब महिलाको शरीरबाट रजस्वला हुँदा रगत बग्छ त्यसको असरले शरीर कति कमजोर भइहाल्छ । हरेक महिना रजस्वला हुँदा खुट्टा सुनिन्छ, तल्लोपेट, कम्मर र ढाड भांच्ने गरी दुखेको हुन्छ, यस्तो बेला खाना रुच्दैन खाना नखाँदा कमजोरी महसूस हुँदा रिगंटा लागेर ढल्ने अवस्था हुन्छ, आँखामुनि अँध्यारो भइहाल्छ । त्यस्तो परिस्थितिमा पनि उनी आफ्नो दक्षतालाई प्रमाणित गर्न बसमा चढेर आफिस जान आंट गरेकी हुन्छिन् । अब त्यसबेला पनि बसमा महिला सिट किन छुट्याईएको हो भन्ने कुरा गर्न आवश्यक होला र ।
गर्भधारण गर्ने गुण प्रकृतिले महिलालाई मात्र उपहार स्वरुप दिएको छ । एउटा कामकाजी गर्भवती महिलालाई कति गाह्रो भएको हुन्छ होला भन्ने अनुभूति अरुलाई हुँदैंन । त्यस कारण उनीहरु यसलाई सामान्य रुपमा लिइरहेका हुन्छन । तिनीहरुले त्यो अनुभूति गर्न एक पटक आफ्नो पेटमा एउटा दुई किलोको ढुङगा नखस्ने गरीकन बाँधेर दिन–रात महिलाले गर्ने कामहरु गरेर हेर्नुस् त एउटा गर्भवती महिलाले निभाउने जिम्मेवारीहरु निभाएर हेर्नुस् त अनि थाहा हुन्छ ।
सारा ध्यान त्यही ढुङगामै लागेको हुन्छ कि कतै खसि न हालोस् हो महिलाको पनि आफ्ना काम र आराम गर्दा सारा ध्यान गर्भमा रहेको बच्चामै केन्द्रीत राखेकी हुन्छिन् । झुक्दा उठ्दा बस्दा यहाँसम्म कि आराम गर्दा नि सोच्छिन् कतै पेट दबेर बच्चालाई गाह्रो त भएन् । उनीले बच्चालाई गाह्रो नहोस् भनी आफुलाई सजिलो हुने गरी उठ्न बस्न र सुत्न समेत छाड्दिन्छन् ।
सरकारी कार्यालयले त महिलाहरुलाई सुत्केरी बिदा दिन्छ तर प्राईभेट कम्पनी र फर्महरु यस विषयमा त्यति गम्भीर देखिदैनन् । उनीहरुको लागि कार्यालयको काम र कर्मचारीहरुको दैनिक हाजरी र फर्मको फाईदा नै उनीहरुको पहिलो उद्देश्य रहेको हुन्छ । त्यस कारण नीजि फर्म र कार्यालयहरुले यहाँसम्म सोध्ने र शर्त राख्ने गर्छन् कि विवाहित नहोस्, विवाहित भएपनि बच्चा पाउने नहोस् । तर सोच्नुस् त सबै महिलाले बच्चा जन्माउन छाडिन् भने यो संसार चल्छ त ? एउटा सामान्य मानिसको एउटा हड्डी भाचिंदा कति दुखाइ र पीडा हुन्छ यो कुरा हड्डी भाचेको मानिस बाहेक अरुले बुझ्न सक्दैन् । त्यो भांचेको हड्डी जोडिन र स्वास्थ्य ठीक हुन कम्तिमा ३ महिना लाग्छ । कहिले सोच्नु भएछ एउटी महिलाले बच्चालाई कति पीडा रहेर जन्म दिन्छिन् । विज्ञहरु भन्छन् एउटी महिलाले जब एउटा बच्चालाई दुनिंयामा ल्याउन्छिन् तब उनलाई जुन प्रसव पीडा हुन्छ त्यो पीडा एकसाथ बीस वटा हड्डी भाच्दां हुने पीडा भन्दा बढी हुन्छ । अनि एउटा सामान्य हड्डी भाचेकोलाई निको हुन कम्तिमा ३ महिना लाग्छ भने २० हड्डी भाचें सरह पीडा रहेर आफु मृत्युको मुखमा पुगेर एउटा नयां जीवनदान दिने ती महिलालाई सामान्य हुन कति समय लाग्छ होला भनी सोचेर मात्र सुत्केरी बिदा निर्धारण गर्दा बेस होला ।
बच्चा पाएकी एक महिला कर्मचारी कार्यालय पुनः सुचारु गर्दा हुन सक्छ उनीमा पहिला जस्तै सकृयता फुर्तिलोपना न हुन सक्छ । उनी बच्चा बिरामी हुनाले रातभरी सुत्न नसकेर थकित भएर आफिस आइन् होला । उनलाई चाहिने मदद गर्न सहयोगीको आवश्यकता हुन सक्छ ।
राष्ट्रीय र अन्तर्राष्ट्रीय महिला अन्दोलनको परिणाम हो कि नेपालको संविधानले महिला र पुरुषलाई समान भनेछ र समान अधिकार दिएछ । तर ती कानूनमा उल्लेख गरिएका कुरा व्यवहारमा लागु छैन् । साथै माथि उल्लिखित उदाहरणहरुबाट प्रष्ट भयो होला । त्यस कारण यतिका संघर्षका बावजूद संविधानले दिएको अधिकार स्थापना गर्न गराउन र आफ्नो क्षमता दक्षता अनुसार योगदान पुर्याउन भनी तपाईको कांधमा कांध मिलाएर उभिन आंट गरेर आउने महिलाहरुलाई तपाईले सोचे जस्तो सहज र सरल छैन् । यस कारण उनीहरुप्रतिको दृष्टिकोण र व्यवहार फेर्न अति आवश्यक छ ।