खजुरा क्यान्सर अस्पतालमा करोडको क्वाटर बन्दै

बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा करोडबढी लागतको डाक्टर क्वाटर बनाउन लागिएको छ । अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बुधबार डाक्टर क्वाटरको शिलान्यास गरे ।


जनस्तरबाट सामूहिक पहलको प्रतिफल खजुरा क्यान्सर अस्पताललाई पूर्वाधारसँगै स्तरीय सेवाबाट पनि प्रभावकारी बनाउन लागिएको कक्षपतिको भनाइ रहेको छ । ‘पूर्वाधार निर्माण कार्य र सेवाको प्रभावकारितालाई पनि सँगसँगै अगाडि बढाउन लागि परेका छौं’, शिलान्यास कार्यक्रममा कक्षपतिले भने ।


सरकारले भक्त बहादुर केसीको अध्यक्षतामा अस्पताल व्यवस्थापन समिति र डा. कृष्ण प्रसाद आचार्यलाई निर्देशक नियुक्त गरी पठाएपछि क्रमशः क्यान्सर अस्पतालले गति लिएको देखिन्छ । ‘मेडिकल अफिसरदेखि स्वास्थ्यकर्मीसम्मका दक्ष जनशक्ति भर्ना गर्ने कार्य पनि अगाडि बढ्दैछ’, यसैसाताबाट सर्जरी सेवा पनि सुरु गरेको क्यान्सर अस्पतालले छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने विश्वास व्यक्त गर्दै संस्थापक अध्यक्ष कक्षपतिले भने ।

प्रतिक्रिया

प्रतिक्रिया