रहेनन् भुषाल

नेकपाका नेता समेत रहेका कोहलपुरका व्यवसायी चन्द्र भुषालको निधन भएको छ । करिब दुई सातादेखि अस्वस्थ अवस्थामा रहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो ।


‘अवस्था बिग्रदै गएपछि भेरी अस्पताल नेपालगन्जमा ल्याइयो’, अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका नेकपा बाँकेका प्रवक्ता प्रमोद धितालले नेपालगन्जन्यूज सँग भने, ‘अस्पतालमा ल्याएको केहीबेरमै निधन भएको हो ।’


अस्पताल प्रमुख, डा. प्रकाश थापाका अनुसार, मुटुका बिरामी रहेका भुषालको यसअघि नै उपचार गरी पेसमेकर जडान गरिएको थियो । ‘कोहलपुरमा आत्तिएपछि एम्बुलेन्समा ल्याइएका उहाँलाई एम्बुलेन्सबाट अस्पतालको बेडसम्म पुर्याउँदै गर्दा ज्यान गैसकेको थियो ।’

प्रतिक्रिया

प्रतिक्रिया