लायन्सद्वारा रक्तदान

लायन्स क्लब कोहलपुरको आयोजनामा बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।


रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति लगायत प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।
कोहलपुर नगर प्रमुख लुट बहादुर रावतको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि बाँकेका प्रजिअ राम बहादुर कुरुम्वाङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना तथा लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

कोहलपुर मानसरोवरका अध्यक्ष प्रकाश शाहको उपस्थितिमा भएको कार्यक्रममा १११ जनाले रक्तदान गरेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक कोर्डिनेटर युवराज क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया