कोरोनापछिको अवस्था अलि बेग्लै नै छ, यसको चपेटामा पर्यटन क्षेत्र समेत परेको छ यहिबेला डुबेको पर्यटन र पर्यटकीय क्षेत्रको उजागर गर्ने ध्येय सहित सगरमाथा आरोही तथा बिश्व साइकल यात्री पुष्कर शाह सहितको १७ सदस्यीय टोलि काठमाडौबाट महाकाली – मेचीको यात्रामा निस्केको छ जसमा दुई महिला निरा बराल र लक्ष्मी श्रेष्ठ समेत सहभागी हुनुहुन्छ ।

महाकाली दोधाराचादनिको पुलबाट यात्रा शुरु गरेको टिम साइकल उत्सव 2077 को क्रममा शुक्रबार नेपालगन्ज आइपुग्यो, सो टिमलाई खजुरा, नेपालगन्ज र कोहलपुरमा भब्य स्वागत गरियो, साइकलका पारखिहरुको संख्या अहिले ह्वात्तै बढेको नेपालगन्ज र कोहलपुरमा साइकल उत्सवमा आएका सहभागीहरुको आगमनले नेपालगन्ज गुन्जायमान भएको छ।

नेपालगन्जमा साइकलयात्रीहरुले पाएको सम्मान र आथिथ्यताले साइकल उत्सवमा सहभागी सबै साइक्लिस्टहरु खुशी देखिन्थे, नेपालगन्जमा साइकल उत्सवमा सहभागीहरुको बसोबास आदिको ब्यबस्थापन नेपालगन्ज साइक्लिङ्ग क्लबले गर्यो जसका लागी क्लबले हालै मात्र सन्चालनमा आएको मेरो प्लानेट फन पार्क सङ्ग सहकार्य गरेको थियो, मेरो प्लानेट को शुभारम्भ चलिरहेकै बेला देश दर्शन र पर्यटन पर्बधन मा निस्किएको साइकल यात्रीहरुको समुहलाइ आथिथ्यता प्रदान गर्न पाएकोमा मेरो प्लानेट फनपार्क का डा. ओम प्रकाश मिश्राले खुशी व्यक्त गरेका छन् ।

साइकल यात्रीहरुले आफू सङ्गै लिएर आएको टेण्टमा मेरो प्लानेट परिसरमा एकरात बिताए, नेपालगन्जको बागेश्वरी मन्दिर , जुङ्गे महादेव र नेपालगन्ज सिटि समेत साइकलमा नै घुमेकी साइक्लिस्ट लक्ष्मी श्रेष्ठले नेपालगन्ज सार्है रमाइलो लागेको र महत्त्वपूर्ण शक्ति पिठ बागेश्वरी माताको दर्शन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । साइकल उत्सव अन्तर्गतको टिमको नेतृत्व गरेर नेपालगन्ज आइपुग्नुभएका बिश्वसाइकल यात्री पुष्कर शाह ले नेपालगन्जका मेयर, उपमेयर, वडा अध्यक्ष , सिङ्गो नेपालगन्ज साइक्लिङ्ग क्लब, स्वर्गद्वारी साइक्लिङ्ग क्लब को स्वागत सत्कार र मेरो प्लानेटका डाक्टर ओम मिश्राको न्यानो आथिथ्यताले नेपालगन्ज प्रती आफ्नो रुचि र लगाव थप बढेको प्रतिक्रिया दिनुभयो , नेपालगन्जमा साइकलेहरुको संख्या बढेको र बढ्दो साइक्लिङ्ग क्ल्चरले पर्यटनमा सकारात्मक प्रभाव पार्ने समेत उहाँको बुझाइ छ।

साइकल यात्रामा निस्किएको समुहलाइ शनिबार बिहान नेपालगन्ज साइक्लिङ्ग क्लबले एक कार्यक्रम का बिच नेपालगन्जको बिपि चौकबाट बिदाइ गरेको छ, यसरी साइकल यात्रीहरुको समूह एकरात मात्र पनि नेपालगन्ज आएर बसिदिदा नेपालगन्ज को साइकलको माहोल थप गुन्जायमान भएको छ पुर्वको मेची सम्मको यात्रा सुखद र रमाइलो वनोस नेपालगन्जको शुभकामना सम्पुर्ण टिमलाई ।

प्रतिक्रिया

प्रतिक्रिया