अस्पतालमा घुस प्रकरणः अख्तियारले हाल्यो मुद्धा

भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृतसहित ४ जना कर्मचारी र ११ वटा फर्म विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।
अस्पतालमा अख्तियारले छापा मार्दा स्रोत नखुलेको भन्दै कम्प्यूटर अपरेटर अरूण राज खनालसँग १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित फेला पारेको घटनामा अनुसन्धानपछि अस्पतालका लेखा अधिकृत माधवप्रसाद आचार्य, कम्प्युटर अपरेटर खनाल, लेखापाल इन्द्रबहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीसमेतको योजना र मिलेमतो पाइएको भन्दै मुद्धा दायर गरिएको हो ।
उनीहरुले आर्थिक वर्ष ०७६/०७७ मा सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विभिन्न ११ वटा फर्महरुले कम्तिमा २० हजार रुपैंयाँदेखि एक लाख ६१ हजार रुपैयाँसम्म घुस दिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । फर्निचरदेखि औषधी पसलसम्मलाई घुस दिने सूचीमा राखेर अख्तियारले मुद्धा दायर गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया