घरको आगनबाटै देखिने टलक्क टल्केको हिउ । घरभन्दा पनि धेरै अग्ला हिम चुचुराहरु । घरको छत हो कि झै लाग्ने आकाश । घरबाट तल हेर्दा देखिने गहिरा फाटहरु । घर वरीपरी वन जस्तै देखिने सुन्दर बगैचा । त्यही नजिकै सुस्साउने झरना सग मनमायाले परिचय गासेको ६ दशक भयो । उनले जिवनमा पहिलो पटक अन्र्तबार्ता दिदै गर्दा सम्झन थालीन सुत्केरी हुन नसकेर संसार छाडेकी साहिली देउरानी, छाउगोठमा निसास्सीएर मृत्युवरण गरेकी माईलो जेठाजुकी छोरी । उनले बिर्सन सकिनन भीरमा घास काट्दा काट्दै संसारबाट बिदा भएको कान्छो भाई ।
दुःखद कहानीबाट आफनो जीवनको कथा सुनाउदै गर्दा लामो स्वास फेरिन र लटरम्म फलेको स्याउको रुखमा ध्यान केन्द्रित गरेर प्रसङ्ग बदलिन । अनि ति स्याउका दाना तिर हेर्दे भनिन“मेरा छोरा बुहारी आज घरमा भएको भए कति खान्थे होला । चराले गित गाउदै स्याउ खादा विदेशमा गएका छोरा बुहारी सम्झिन्छिन मनमाया । मनमायाले बिदेशमा बसेका छोरा बुहारी सम्झिएर मोह जगाएपछि मनमायाका श्रीमान मदनबहादुर अन्र्तबार्ता दिन लागेको स्थानबाट जुरुक्क उठे र कोठा भित्र पसे । कोठामा गएर नया कोट, पाईन्ट र सट लगाएर बाहिर निस्किए । यो देखेर मनमायाले आश्चर्य मान्दै सोधिन“ए सानेका बाबा तपाई किन एक्कासी भित्र गएर नया लूगा लगाएर आउनु भयो । त्यो पनि केही बोल्दै नबोली । मनमायाका श्रीमान मदनबहादुरले गम्भिर मुन्द्रामा जवाफ दिए “आज हाम्रो भीडियो पत्रकारले खिचेर लैजादै छन । यो भीडियो टेलीभिजनमा आउछ रे । युटुबमा पनि आउछ रे । हेर मनमाया हामीले झुत्रे झाम्रे लुगामा काम गरेको देखेपछि छोरा बुहारीले दुःख मान्छन । उनीहरुलाई पिडा हुन्छ ।
सफा नया लूगा लगाएको देखेपछि मेरा बा“ आ“माले राम्रै लगाएका रहेछन ,राम्रै खाएका रहेछन भनेर सन्तोष मान्लान । त्यही भएर नया“ लूगा लगाएर आए” । यो सुनेपछि मनमायाले गहभरी भरिएको आशु थाम्न सकिनन । आशु पुछ्दै भनिन “मलाई यति बिश्वास छ सानेका बूवा हामी बिरामी परेर केही गर्न सकेनौ भने ,हामी थला प¥यौ भने मेरो सानेले हेली रिजर्ब गरेर हामीलाई काठमाण्डौमा भएको घरमा लगेर राख्ने छ “। यति भनेर मनमाया पनि घरभित्र पसिन । पूर्व तर्फको झ्याल खोलीन । झ्यालको छेउमा रहेको धैसोले कालो भएको दराज खोलेर छड्के तिलहरी र नौगेडी लगाईन । ठूलो रातो टिका लगाईन । नया“ साडी चोलोमा सजिएकी मनमाया चिटिक्क परेकि थिईन । अझै चिक्त बुझेन र भगवानलाई चढाएको हजारीको फूल दाया“ कानको माथि सिउरीन । कम्मरमा सेतो पटुका पनि कसिन । अनि बाहिर निस्केर पै“चो चामल माग्न आएकि आशा संग भनिन “मैले गरेको सामाजिक कामको आज अन्र्तबार्ता दिदै छु । यो भिडियो मेरा छोरा बुहारीले हेरे भने कति खुसी होलान है ”। आशाले भनिन “होनी दिदि सन्तानको मायाले नै हामीलाई बचाएको छ । मेरो कान्छो छोरो पनि विदेश गएको ५ बर्ष भयो । अहिलेसम्म फोन गरेको छैन । उसको यादले निदाउनै सक्दिन । छिमेकि साईलो छ नि रणे उसले फेसबुक हो कि के हो मलाई त भन्नै आउदैन त्यसमा देखेको भन्दै थियो उतै विदेशको केटि स“ग विहे गरेको छ अरे । मलाई एकदिन फोटो देखाईन्दिछु भनेको छ”।
आशा भावुक बनिन केही बोल्न सकिनन यो देखेपछि मनमायाले थपिन “चिन्ता नगर एकदिन त फर्केर आउनेछन अनि हामिलाई माया गर्नेछन लौ चामल लिएर जाउ ” । त्यसपछि आशाले मदनबहादुरलाई हेरेर भनिन “ओहो दाई त आज चिटिक्कै पर्नुभएको रहेछ ,ल मलाई पनि भन्नुहोला है टिभिमा यो अन्र्तबार्ता कहिले आउछ ” यति भनेर आशा घरतर्फ लागिन । मदनबहादुरले हुन्छ नानी भने । त्यसपछि अन्र्तबार्ता फेरी सुरु हुन्छ । बोल्ने पालो मदनबहादुरको आउछ । बोल्नु भन्दा अगाडि मदनबहादुरले बेच्नको लागि थन्काएका केही स्याउ“ बाहिर पालीमा ल्याउछन अनि भन्छन “यो स्याउको एक-एक दाना हाम्रा लागि हीरा हो । हाम्रो जीन्दगी यसैमा छ तर हाम्रो दुःखको मूल्य नै छैन ”। यसै बेला आकाश गड्याङगूडुङ गर्छ । बेस्सरी हावा चल्छ ,हावाले मनमायाले विहानै सुकाएको विस्कुनको सूपो काल्नामा पु¥याउछ । मदनबहादुरले रहर गरी पालेका ६ वटा खरायो बाहिर निस्कन्छन । दिउ“सै अध्यारो भएजस्तो देखिन्छ । अन्र्तबार्ता फेरी रोकिन्छ । मनदबहादुरले ६ वटै खरायोलाई खोरमा लगेर थुन्छन । मनमायाले विस्कुन उठाउन जादा उनको पछ्यौरा हावाले उडाएर स्याउ“को बोटमा अल्झाउछ ।हावा विस्तारै रोकिन थालेपछि मदनबहादुर भान्सा छिर्छन र जडीबुटीको चिया बनाउ“छन । चियामा मिसाईएका जडीबुटी मदनबहादुर र मनमाया दुबैले मेहनत गरी लगाएका हुन । भीडियो खीचिरहेका सर र मेडमले पनि चिया खाईरहेका हुन्छन । चिया खादै गर्दा मनमायाको ध्यान भान्साको खोपामा राखेको यार्सागूम्बामा जान्छ । उनले क्यामेरा खिच्ने सरलाई क्यामेरा खोल्न आग्रह गर्छिन र क्यामेरामा हेर्दे भन्छिन “यो यार्सा हो सर ,यो टिप्न जादा पिठ्यूमा चामल,नुल र तेलको भारी बोकेर फाटमा जानुपर्छ । साथमा पशु हुन्छन । धेरै लामो बाटो कुद्नुपर्छ । मैले यहि यार्सा बेचेर छोरालाई राम्रो स्कुलमा पढाए । एस एल सी पास भएपछि राम्रो शिक्ष्ााँ पढ्न काठमाण्डौ पनि पठाए । आज मेरो छोरा अस्ट्रेलिया छ ।मलाई यसैमा खुसी लाग्छ किनकि मेरो छोराको शिरमा दुःखको भारी छैन” । यसैमा थप्दै मनदहादुरले भन्छन “कति दुःखका कुरा गर्छेस ए बुढी । सुःखका कुरा पनि कल्पना गर । हामीले त्यती दुःख गरी यार्सा बेचेर छोरा पढाएर त आज हाम्रो छोरालाई दुनियाले चिनेको छ । मेरो नाम समाजमा बढेको छ । एकदिन हामी पनि छोरा बुहारी संगै विदेश घुम्न पाउनेछौ । त्यो दिन पनि आउला भनेर खुसी हुने पो हो त लाटी ” । यसपछि मनमायाले भन्छिन “हो त है बुढा जोवन उडी जान लाग्यो बैस पर्खदैन ,माया लायौ घरबार जोड्यौ कठै समय पर्खदैन भनु कि तो ” । सबैजना गलल्ल हास्छन । मनमायाले हासो रोक्दै फेरी भाबूक बनेर भनिन“हामीले छोरा बुहारीको माया कति मान्छौ,जहिले उनीहरुकै चिन्ता छ । तर उनीहरुले हामीलाई सम्झिन्छन कि सम्झिदैनन होला । हुन त बुवा आमाको माया छोरा छोरी माथि छोरा छोरीको माया ढुङ्गा मुढा माथी भन्ने त उखानै छ ”।
मदनहादुरले चुल्होमा निभेको आगो फेरी बाल्छन र क्यामरा तिर हेरेर भन्छन “हामी जती दुःख भएपनि मिलेर काम गर्छो । मनमायाले खाना पकाउदा मैले बाहिर भैसीको स्याहार गर्छु ।मनमाया बगंैचामा काम गर्दा मैले भान्साको काम गर्छु । काम सानो र ठूलो हुदैन । हामिले कहिल्लै झगडा गर्देनौ । यो शिक्ष्ााँ म सबैलाई दिन चाहन्छु ” । यी सबै कुराहरु क्यामेरामा कैंद हुन्छन । बाहिर आकाश पनि खुल्छ । फेरि चहलपहल सुरु हुन्छ । मनमायाले आफुले हुर्काएको लालीगूरास देखाउदै भनिन “जीवनको उकाली र ओराली यस्तै भयो ,सन्तानको सुःख खानु यस्तै भयो । बरु उनीहरुले दुःख पाउलान कि भन्ने चिन्ता छ । अब एउटै रहर छ सर मेडम मलाई यो लालीगूरास फूलेको हेरेर मर्ने । त्यही लालीगूरासको बुटो मुसार्दे मदनबहादुरले भने जीवनको कथा,मुटुको ब्यथा जति सूनायो ,जति पढ्यो उति मनलाई भारी । मेरो अन्तिम ईच्छा छोरा बुहारी स“गै काठमाण्डौमा बस्ने र छोराको काखमा मर्ने छ । मदनबहादुरले यो कुरा सुनाएपछि मनमाया झनै भावूक हुन्छिन र भन्छिन “क्यामेरा खिच्ने सरलाई तिर्खा लागेको होला पानी लिएर आउछु ”।मनमायाले एकैछिनमा पानी लिएर आईन तर क्यामेरा खिचिरहेको सरलाई तिर्खा नलागेकाले पानी खादैनन । त्यसपछि मनमायाले त्यो पानी पनि त्यही लालीगूरासको फेदमा खन्याउछीन । मदन बहादुरले लालीगूरास वरीपरीको झार उखेल्छन । त्यतिबेलै एउटा चरा आएर लालीगुरासको हुर्कदै गरेको बोटमा बस्छ । मदनबहादुरले त्यो चरालाई भन्छन “ए चरी जा मेरा छोरा बुहारीलाई सन्देश पुराईदे । हामिले तिमीहरु मुस्कुराकाएको जस्तै आभास लालीगूरासलाई हेरेर गरेका छौ भनेर । मनमायाले थप्दै भन्छिन ”यो पनि भन्दे है चरी यो बर्षको स्याउ कूहिएर गए । घरमा खाने कोही भएनन । अर्कोसालको स्याउ बूवा आमा संगै बसेर खान जाउ भनेर । मनमाया अरु पनि बहहरु पोख्दै थिईन । चरा भुर्र उडेर गयो । समाप्त