उमा थापा नेपालगन्ज नगरीमा उनलाई नचिन्ने कोही छैन उनी स्थानीय निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित एक अविवाहित महिला हुन् । उनले निकै लामो समयसम्म पत्रकारिता पनि गर्नुभयो । एक शिक्षित सशक्त महिला हुँदाहुँदै पनि महिला भएकै कारण उनले भोग्नु परेका समस्या, जीवनका उतारचढाव अनि महिला भएकै कारण पाएका अवसरबारे छलफल गरी प्रस्तुत गरेका छौं ।
यहाँको कार्य व्यस्तता के कता छ ?
त्यही हो जनताले जिताएर दिएको जिम्मेवारीहरु पुरा गर्न अथक मिहेनत र आफु सक्दो प्रयास गर्दैछु ।
यहाँको अनुभव बारे कुरा गर्न सकिन्छ ?
अवश्य सकिन्छ, म अहिले जनताको प्रतिनिधि भइ गाह्रो साह्रो हुँदाहुँदै र बाधा अवरोधका बावजुद आफ्ना दायित्व पुरा गर्न लागि परेकी छु ।
यहाँको राजनीति जीवनको सुरुआत कहिले देखि भयो ?
हाल म नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भइ आफ्नो जिम्मेवारीहरु निर्वाह गर्दैछु । मेरो राजनीतिको सुरुआत विद्मार्थी जीवनबाट नै भयो । म धम्बोजी मा.वि. कक्षा ६ मा पढ्ने बेला विद्मार्थी हँुदा विद्मालय इकाइ समितिको अध्यक्ष भइ सुरु गरी नेपाल विद्मार्थी संघसंग आबद्ध रही राजनीतिक यात्रा अगाडि बढाए । एस. एल. सी. पछि महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दा स्वतन्त्र विद्मार्थी युनियनबाट चुनाव लडे र दुई पटक अत्याधिक मतले विजय भए । जसले गर्दा मलाई राजनीतिक यात्रा अगाडि बढाउन अझ सहज भयो । त्यसपछि नेपाल विद्मार्थी संघको जिल्ला हँुदै केन्द्र सम्मको सदस्य बने उपप्रमुख हुनु पुर्व पनि नेपाल विद्मार्थी संघमा आबद्ध थिए । २०७० सालको संविधानसभाको चुनाव हुने बेला मेरो नाम समानुपातिक तर्फबाट सिफारिश गरिएको थियो तर फाइनल लिस्टमा मेरो नाम परेन् । त्यसपछि पार्टीले मलाई उपप्रमुखको टिकट दिएपछि जनताले मत दिएर उपप्रमुख भए ।
महिला भएकै कारण तपाईले भोग्नु परेका समस्या र चुनौतीहरु के के रहे ?
महिला भएकै कारण मैले भोगेका समस्या हुन त यो सबैका लागि समान हुन सक्छ । हाम्रो जुन खालको समाज छ जुन खालको संर्किण सोच छ । त्यसले अहिले पनि महिलाको नेतृत्व स्वीकार गर्न सक्ने वातावरण सृजना हुन सकेछैन । म महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्मार्थी संघ विद्मार्थी युनियनबाट सदस्य र कोषाध्यक्ष लडेर जिते त्यसपछि मैले सभापतिको दावेदारी गरेकी थिएँ । तर महिला भएकै कारण मलाई पन्छाइयो र मलाई जिल्लामा एउटा सदस्यको रुपमा राखियो । जिल्ला रहँदा मैले फेरि संघर्ष गरे अनि उपाध्यक्ष सम्म भए उपाध्यक्ष पछि मैले अध्यक्षको दावेदारी गरे तर त्यहां पनि मलाई महिला भएकै कारण तिमी अध्यक्षको भुमिका निर्वाह गर्न सक्दैनौं भनी लत्याइयो । मैले विभिन्न संघ, संस्था र समुहमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहदां ममा नेतृत्व गर्ने क्षमता हँुदाहँुदै पटक–पटक महिला भएकै कारण अवसर बाट वञ्चित गरिएकै हो ।
यो बाहेक यहाँको योगदान अरु कुन क्षेत्रमा रह्यो ?
मैले निकै लामो समय सम्म पत्रकारिता गरें । पत्रकारिता तर्फ मेरो इच्छा र झुकाव र पत्रकारिताले धेरै सिक्ने अवसर दिने हँुदा साथै आवाजबिहीनहरुको आवाज बन्ने सोचले पत्रकारिता निकै लामो समयसम्म गरे तर यहाँ पनि सहज थिएन । एक दशक अगाडि नै मैले नेपाल प्रेस इन्स्टिच्युटबाट तीन महिने पत्रकारिताको तालिम लिएर पत्रकारिताको सुरुआत गरे एक दशक भन्दा अगाडि कम्प्यूटरमा बसेर काम गर्ने महिला कतै थिएनन् त्यतिखेर डेस्कटप नि थोरै थियो कम्प्यूटरमा मेरो राम्रो दखल थियो त्यसकारण मैले टाईपिस्टमा बसेर काम गर्न सुरु गरे । त्यही क्रममा एक पत्रिकामा रात्रीकालीन टाइपराइटरको आवश्यकता थियो मैले त्यहां काम गर्दा अबेर रातिसम्म काम गर्नु पथ्र्यो कहिले राति दुई बजे कहिले बिहान पाँच बजेसम्म काम गरेर घर जाँदा समाजले विभिन्न लान्छनाहरु लगाउन र महिला भएकै कारण उसको चरित्र हत्या गर्न जहाँ पनि छुन समेत पछि परेनन् । महिलाहरुलाई सार्वजनिक सम्पत्ति ठानेर उसमाथि यौन हिंसा गर्ने कमेन्ट पास गर्ने छेडछाड गर्ने जस्ता अपराध गर्नुलाई आफ्नो अधिकार ठान्दछन् । म पनि यो भोगाइबाट ग्रसित भएं तर म डराइन डगमगाइन गलत कुराको विरोध गरें । सबभन्दा ठुलो कुरा मेरो परिवारले सधैं मेरो साथ दियो मलाई अगाडि बढ्न हौसला दियो । मेरो भनाइको अर्थ यो हो कि महिला भएकै कारण भोग्नु पर्ने हिंसा महिलालाई मात्र थाहा हुन्छ ।
महिला भएकै कारण पाएका अवसर के रहे ?
महिला भएको कारण मैले अवसर पनि पाए आज आज उपमेयर हुनुमा महिला भएका कारण पाएको अवसर नै हो । हुन त मलाई यो टिकट पाउन पनि सहज थिएन् ।
उपमेयरको टिकट पाउनका लागि के गर्नु पर्यो ?
एक त महिला त्यसमाथि अविवाहित अझ युवा हुनु त मेरो खुबी थियो किनभने युवामा जोस जाँगर र महिलाहरु आफ्नो जिम्मेवारीहरु प्रति कटिबद्ध हुनु जगजाहेर कुरा हो । तर मलाई यिनै खुबीका कारण टिकट दिन मानिरहेका थिए । म अहिलेसम्म विवाह गरेकी छैन यसले गर्दा अविवाहित महिलाको कुनै भर हुदैंन् समेत भनियो । तिमी अहिले उमेरले पाको छैनौं तिमीलाई अनुभव नि छैन । तर मैले निश्चित गरी सकिकी थिएँ कि म यो चुनावमा भाग लिन्छु र मैले मेरो प्रयास जारी राख्दै कति ठाउँमा हजुर हजुर भन्नु पर्यो कति जनालाई सिफारिस लगाउनु पर्र्यो अनि बल्ल मैले महिला भएकै कारण सहजै पाउनु पर्ने अधिकार पाए । आज मेरो जिम्मेवारीहरु इमानदारीपूर्वक निर्वाह गर्दैछु । यदि संविधानले दुई प्रमुख मध्ये एक जना महिला अनिवार्य हुनु पर्ने प्रावधान नराखेको भए के तपाईलाई यो पदमा आउन सजिलो हुन्थ्यो ?
संविधानले व्यवस्था गर्दा गर्दै पनि मलाई टिकट पाउन सजिलो रहेन । आफु सक्षम ह“ुदाह“ुदै यो स्थानमा आउन कति ठाउँमा मैले समाजका लागि गरेका योगदानहरु बारे जानकारी गराए कति नेतालाई जी हजुरी गरें । टिकट पाउनकै लागि तीन महिनासम्म काठमाडौं धाएं । जब सविंधानले व्यवस्था गर्दा यो हाल छ भने नगरेको भए त झन् कति गाह्रो हुने थियो ।
निर्वाचित भएर आइसकेपछि काम गर्दा कतिको गाह्रो सजिलो भयो ?
हाम्रो समाज पुरुषवादी सोच भएको हुनाले सबै त्यही मानसिकता बोकेका थिए कर्मचारीहरु समेतले बेवास्ता गर्थे अनि मैले मेरो दायित्वहरु पुरा गर्न खोज्दा मलाई भनियो कि तिमी नयाँ छौं अहिले सिक्नु सिकिसकेपछि पुरा गर्नु आफ्ना दायित्व । मलाई यो कुराले निकै पिन्च गर्यो र मैले उपमेयरको काम कर्तव्यहरु बुझ्न बनेको कानूनी व्यवस्थाहरु के के छन् भनी पढ्न सुरु गरे । अनि उपमेयरको अर्को जिम्मेवारी न्यायिक समितिको प्रमुखको रुपमा पनि रहेकोले म आफ्नो जिम्मेवारीहरु निपूणताका निर्वाह गर्न तत्पर रहेकीले मैले एल.एल.बी. को पढाइ सुरु गरे । आफ्नो जिम्मेवारीहरु निस्वार्थ रुपमा निर्वाह गर्न इच्छाशक्ति हुँदाहँुदै मलाई होच्याइयो तर म सधैं अडिग रहे ।
तपाई त एक सशक्त र पढेलेखिकी महिला र पनि यति गाह्रो भयो झन् अहिले त कम पढेलेखिकी महिलाहरुलाई कति गाह्रो होला के भन्नु हुन्छ यसमा ?
यसमा म यो महसुस गरें कि गाह्रो त पढेलेखेका जानेबुझेका महिलालाई बढी हो उनीहरु सक्षम हुँदा पुरुषलाई यो डर हुन्छ कि यो त म भन्दा अगाडि भइहाल्छ जनताले यसलाई मन पराउन थाल्छन् । जसले गर्दा अर्को पल्ट पनि यसैले नै अवसर पाउने होला भनी डरले सशक्त महिलाहरुलाई जहां पनि निरुत्साहित गर्न खोजिन्छ । कम पढेलेखेकी वा नपढेकी महिलालाई आफ्नो जिम्मेवारीहरु निर्वाह गर्न कानूनको ज्ञान नहुँदा अलि अलि गाह्रो हुनु त स्वाभाविक हो । तर उपमेयरको जिम्मेवारीहरुबारे विभिन्न तालिम अनि कानूनले सहयोगी राख्ने व्यवस्था गरेकोले यस मानेमा खासै गाह्रो साह्रो हँुदैंन । म यसमा यही भन्न चाहन्छुकी महिलालाई अगाडि बढ्न परिवारले साथ दिनुपर्छ । स्वयं महिलाहरुले पनि नडराइ आफुले पाएका जिम्मेवारीहरु इमान्दारी साथ निर्वाह गर्नुका साथै आफुमा रहेका कमी कमजोरीहरुलाई हटाउँदै आफुलाई खार्दै अगाडि बढ्नुपर्छ । आफ्नो वरपर विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।
उपप्रमुख जस्तो पदमा निर्वाचित भएर आइसकेपछि निर्णयात्मक भूमिका निर्वाह गर्न कतिको चुनौती र सहजता रह्यो ?
हुन त यो संरचना सबैका लागि नयाँ हो तर मलाई तिमी भर्खर भर्खर आएकी छौं, तिमी नयाँ हो, धेरै नबोल, सिक्दै जाऊ र धेरै नेता गिरी नगर जस्ता शब्द बोलेर होच्याइयो । त्यही शब्दले मलाई घोचेपछि मलाई आफ्नो लागि अवसर खोज्ने बाटो दियो । मैले त्यसलाई अवसरको रुपमा लिए अनि त्यसपछि मैले आफ्नो सिकाइ र ज्ञानको दायरा बढाए अनि आफ्नो जिम्मेवारीहरुको बारेमा अध्ययन गरी जानकारी हासिल गरे संविधान पढे, स्थानीय सरकार ऐन पढे साथै थप अध्ययनका लागि एल.एल.बी.को पढाइ सुरु गरे । यो संरचनामा कोही अनुभवी छैन जनप्रतिनिधि र कर्मचारी सबैका लागि नया“ रहेकोले अहिलेको प्रतिनिधिहरुले जग बसाल्ने छन् जसले गर्दा यो पछिका लागि यस संरचनामा काम गर्न सहज हुनेछ ।
उपप्रमुख काम कर्तव्य र अधिकारलाई व्यवहारमा कसरी लागु गर्नु भयो ?
मैले यस सम्बन्धित रहेका सबै व्यवस्थाबारे बृहत अध्ययन गरे । स्थानीय तहमा तीन वटा प्रमुख निकाय छ व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका र कानूनले उपप्रमुखलाई न्यायपालिका प्रमुखको रुपमा जिम्मेवारी दिएछ । आफ्नो काम कर्तव्य र अधिकार अनि कार्य क्षेत्र बारेमा आफुले जानकारी लिइसकेपछि त्यसको वकालत गर्न सुरु गरे । बा“के जिल्लाका आठ वटै तहका उपप्रमुखलाई राखेर समिति बनायौं । त्यसपछि आठै वटा तहका अध्यक्ष, प्रमुख र प्रमुख प्रशासनिक अधिकृतलाई तालिम दियौं आज म गर्वका भन्नछु कि मेरो पहलमा मैले न्यायिक समितिलाई सकृय रुपमा काम गर्न वातावरण बनाउन आफुले धेरै योगदान पुर्याएकी छु ।
न्यायिक समितिको काम, गरेका पहल र चुनौतीहरु के कस्ता रहे ?
न्यायिक समितिलाई संविधानले अधिकार सम्पन्न बनाएको छ । स्थानीय सरकार संचालन ऐनले दुई भागमा विभाजन गरेको छ एउटा मेलमिलाप सहितको पहल जसमा एक वर्ष सम्म सजाय हुन सक्ने मुद्दामा मेलमिलाप गराउने यसको मुख्य काम हो । न्यायिक समिति मार्फत हामी सामान्य झैझगडा, मारपिट, सार्वजनिक जग्गा, सडक बाटोघाटो, घरबारविहीन गराइएका वृद्ध वृद्धा, समस्यामा परेका महिला तथा बालबालिकाहरु सम्बन्धी मुद्दाहरुमा न्याय दिलाउन पहल गर्यो । चुनौतीका रुपमा हेर्दा यो मेलमिलापकर्ता मार्फत समाधान गर्ने हु“दा मेलमिलापकर्ताहरु थिएनन् त्यसकारण एक वर्ष पछि हामीले यसतर्फ पहल गरी मेलमिलापकर्ता छनौट गरी मेलमिलाप सम्बन्धी तालिम दियौं । तर मेलमिलाप गराउन छुट्टै कर्मचारीहरु र कोठाहरुको व्यवस्था हुन नसक्नु समस्या नै हो ।
अन्तमा महिलाहरुलाई अगाडि आउनका लागि के गर्नु पर्ला ?
महिलालाई घरभित्र देखि नै विभेद गरिन्छ चाहे त्यो शिक्षा होस् वा खानपानमा होस् त्यो चाहीँ हुनु हु“दैन समान शिक्षा र समान व्यवहार गरिनुपर्छ । अर्को कुरा पितृसत्तात्मक सोच फ्याकिनुपर्छ । महिलाभित्र अग्रसरता, आत्मबल आत्मविश्वास, सकृयता नेतृत्व आँट र अठोट हुन जरूरी छ । महिला भएकै कारण पाएका अवसरमा महिलाले आफ्नो क्षमता देखाउन सकेन भने प्रश्न चिन्ह खडा हुन सक्छ । त्यस कारण आफुले पाएका अवसरमा आफ्नो क्षमता दक्षता काम गरी नेतृत्व गरेर देखाउनुपर्छ । समाजले महिलालाई अगाडि बढ्न वातावरण सृजना गर्नुपर्छ जहिले पनि महिलाको चरित्र र आचरणमाथि शंका गरिरहने महिला भएकै कारण उसलाई जे पनि भन्न सक्ने जे पनि बोल्न सक्ने र जे पनि गर्न सक्ने सोच हटाउनुपर्छ । अर्को महत्वपूर्ण कुरा परिवारको साथ र सहयोग हुनु आवश्यक छ यो कुरा म आफ्नो अनुभव र भोगाइका कारण भन्दैछु । परिवारको साथ भएकै कारण आज म यो स्थानमा पुग्न सफल हुन सके । सकारात्मक सोचका साथ एक अर्काको सहयोगी भएर महिला पुरुष संगसंगै एक रथका दुई पांग्रा सरह अगाडि बढ्नुपर्छ एक कमजोर भयो भने अर्को पनि ढल्न सक्छ । यस कारण महिलामाथि विश्वास गरी उसलाई निर्णायक भूमिका दिनुपर्छ । महिला भएकै कारण उसको क्षमता आंकलन गरिन्छ उसले गर्न सक्दिन भनी पहिला नै अनुमान लगाइन्छ त्यसो गर्नु भएन । अनि सब भन्दा महत्वपूर्ण कुरा महिलाले पनि आफ्नो परिवारको विश्वास जित्न सक्नुपर्छ आफु गलत गर्नु भएन । महिलालाई काम गर्न सहज हुने वातावरण सृजना गर्नु पर्छ ।