प्रदेश ५ को नाम लुम्बनी र राजधानी दुई तिहाईले पारित भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानबाट नाम र राजधानी पारित भएको हो ।
प्रदेश नं ५ को प्रदेशसभामा मगलबार भएको मतदानबाट राजधानी देउखुरी पारित भएको छ । । सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग देउखरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव पारीत भएकाे हाे ।
प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।
राजधानी प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ । प्रदेशको नाम लुम्बिनी पक्षमा 79 मत र विपक्षमा 4 मत परेको थियो ।