महान्यायाधीवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरु एक समारोहका बिच बाँके स्थित सुधार गृहकालाई हस्तान्तरण गरिएको छ ।
उच्च तथा जिल्ला सरकारी वकिल कार्यालय मार्फत १ लाख १७ हजार ५ सय मुल्य बराबरको २१५ थरि पुस्तक बितरण गरिएको उच्च हो ।
संबिधान, ऐन कानून, बालनाटक, कथा, दर्शन, जीवनी, कक्षा ८, ९ १० सम्मका अनिवार्य र ऐच्छिक बिषयका पुस्तक, बिश्वका कानून प्रणाली, सामान्य ज्ञान, परराष्ट्र सम्बन्ध, बालअधिकार बालन्याय, बिचारधारा र साहित्य लगायतका पुस्तक उच्च सरकारी वकिल कार्यालय नेपालगंजका सहन्यायाधीवक्ता दमन सिंह बिष्टले बालससधार गृहका इन्चार्ज बिमला काउचा मगरलाई हस्तान्तरण गरेका थिए ।
युनिसेफ नेपालको सहयोगमा महान्यायाधीवक्ताको कार्यालयले देशका ८ वटै बालसुधार गृहमा रहेका बालबालिकाहरुको ज्ञान बद्धि गराउने उदेश्यले पुस्तक बितरण गरिएको जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधीवक्ता याम बहादुर बानियाले जानकारी दिनु भयो ।
सहायक न्यायाधीवक्ता शान्ति बिक्रम शाहले संचालन गरेको पुस्तक हस्तान्तरण कार्यक्रममा जिल्ला बारका अध्यक्ष मोहम्मद अयूव सिद्धिकी, अधिकारकर्मी वसन्त गौतमले बालन्यायको उदेश्य कानूनी बिवादमा परेका बालबालिकालाई उनीहरुले गरेको गल्तीको महसुस गराई उनीहरुको आचरण र ब्यवहारमा सुधार ल्याई असल नागरिक बनाउने भएकाले बालसुधार गृहमा यस्तो बातावरणको बिकाश गरिनु पर्नेमा जोड दिएका थिए ।
बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बिभिन्न समस्याका बिच सन्चालन भैरहेको सुधार गृहलाई बालकको जिवनउपयोगी पढनिय पुस्तक बितरण गरेकोमा सरकारी वकिल कार्यालयलाई धन्यवाद ज्ञापन गर्नु भयो । सुधार गृहका झ्याल ढोका जिर्ण भएको, तारबारको राम्रो ब्यवस्था नभएको, बर्षातमा पानी चुहिने, समस्या रहेको, प्रतिक्षालयको हालत नाजुक रहेको, बजेट अभावमा स्वास्थ्य उपचारमा समस्या रहेको बताएकी थिईन । बालसुधार गृह अनुगमनमा धेरै निकायका पदाधिकारी आएर समस्या लेखेर लगे पछि सम्बोधन हुन नसकेको गुनासो गरेकी थिईन ।
कार्यक्रममा जग्गा दर्ता समाजसेवी जेकेसिंहले बालसुधारको पबित्र उदेश्यले आफुले जग्गा दान गरेकोमा त्यसको सहि सदुपयोग हुन नसक्दा आफुलाई दुःख लाग्ने गरेको बताइका थिए ।
७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १०८ जना बालकहरु छन् । आवश्यक भौतिक संरचनाको अभावमा बालकहरु ा कोचिएर बस्न बाध्य छन् । कोरोना संक्रमणका बेला बालकहरुमा एउटै हलमा ४० जनासम्म बालकहरु बस्नु पर्दा बालकहरुमा कोरोनाको संक्रमणको उच्च जोखिम रहेको अधिकारकर्मी बसन्त गौतमले बताए ।