प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङ प्रस्ताव गरेको छ । नामाकरण लुम्बिनी ।
राजधानी नामाकरण र स्थान बारे प्रस्ताव पेश गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्न प्रस्ताव गरेका हुन्। उनले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरे। सरकारको प्रस्ताव न्यायोचित छ, बाँकेबाट प्रदेश सभा सदस्य आइपी खरेल भने, अब निष्कर्षमा पुगिन्छ, सरकारको प्रस्ताव पास हुन्छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको हो।
उक्त प्रस्तावमा प्रदेश सभाको अर्को बैठकमा छलफल हुने भएको छ। सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको अर्को बैठक आउँदो १९ असोज दिउँसो १२ बजे बस्नेगरी आजलाई स्थगित गरेका छन्। भोलि पार्टीको बैठक छ, नेकपा बाँकेका अध्यक्ष समेत रहेका सांसद खरेलले भने, १२ जिल्लालाईनै पायक पर्ने गरि सरकारको निर्णय आएको छ । पास हुन्छ ।