सुर्खेतमा कार्यरत ११ औं तहका चिकित्सकको बिहीबार कोभिडका कारण मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँके खजुरा निवासी ५९ बर्षीय चिकित्सकको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत थिए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चिकित्सक र ६ वर्षीय बालकसहित १५ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार रुपन्देहीका ३ जना, काठमाडौं, सुनसरी र बाँकेका २/२ जना, भक्तपुर, ललितपुर, धनुषा, रौतहट, मोरङ र सुर्खेतका एक-एक जनाको मृत्यु भएको हो ।