हाम्रा पनि गुनासाहरु धेरै छन्, तस्करी रोक्न जनप्रतिनिधीको सहयोग छैन, जनप्रतिनिधीले सहयोग गर्नुहुन्न, बर्दियामा पढेलेखेका कुशल अफसर प्रमुख भएर आउन पनि चाहँदैनन्, अनि जनप्रतिनिधीलाई विश्वास गर्ने वातावरण पनि छैन, प्रहरी तस्करी गराउन बर्दिया आउने हो त ? होईन नी, रोक्ने हो, कि त भने बर्दियामा सरुवा माग्नै
भएन । हाम्रो पनि त समस्या छ ।’
भावुक योगी
जिल्ला प्रशासन कार्यालय बर्दियामा (कोभिड१९) कोरोना भाईरस संक्रमण रोकथाम तथा सर्तकता उपनाउने सम्बन्धी पालिका प्रमुखहरु बिच आइतबार दिउँसो बैठक थियो । भौतिक दुरी कायम राखी बसेको बैठकबाट असोज १३ गतेदेखि लागु हुने गरि केही निर्णय गरेर छलफल सकिनै लागेको थियो ।
त्यत्तिकैमा एउटा फरक प्रशंङ्गमा म गुनासो राख्छु भन्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तनाथ यादवले भन्नुभयो ‘बर्दियाको गुलरिया नगरपालिकाका किसानहरुले भेडा, बाख्रा, भैँसी किन्न, बेच्न पाउँदैनन्, अब किसानलाई उभ्याएर गोली ठोक्नुस, प्रहरीले किसानलाई मात्रै बढि दुःख किन दिन थालेको छ ? गुलरियामा मात्रै प्रहरीको टारगेट किन ? कि त भने पशुको डिएनए परिक्षण गराउन सक्नुहुन्छ, गराउनुस् भारतको हो की नेपालको हो ? हैन भने किसानलाई दुःख नदिनुस् ।’
मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले यसै विषयमा म पनि भन्छु भन्दै ‘भारतसंग सिमा जोडिएको मधुवन नगरपालिकाका किसानले आफुले पालेको भैँसी बेच्दा पनि प्रहरीले दुःख दियो, कहाँबाट कसरी ल्याएको हो नबुझि भैँसी र मान्छे नियन्त्रणमा लिएर भन्सारमा लग्यो, यसरी दुःख दिने काम बन्द गरियोस् आग्रह गर्दै भन्नुभयो ।
छेवैमा बस्नुभएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख केदार रजौरेले प्रहरीको गुनासो कस्ले पो सुन्छ र ? हाम्रा पनि गुनासाहरु धेरै छन्, तस्करी रोक्न जनप्रतिनिधीको सहयोग छैन, जनप्रतिनिधीले सहयोग गर्नुहुन्न, बर्दियामा पढेलेखेका कुशल अफसर प्रमुख भएर आउन पनि चाहँदैनन्, अनि जनप्रतिनिधीलाई विश्वास गर्ने वातावरण पनि छैन, प्रहरी तस्करी गराउन बर्दिया आउने हो त ? होईन नी, रोक्ने हो, कि त भने बर्दियामा सरुवा माग्नै भएन । हाम्रो पनि त समस्या छ ।’ उहाँले भन्नुभयो ।
एसपी साप एकछिन, एकछिन भन्दै मधुवन नगरप्रमुख गणेश बहादुर क्षेत्रीले भन्नुभयो भनेपछि अब किसानले आफुले पालेका भेडा, बाख्रा, भैँसी बेच्दा पनि प्रहरीको रोहबरमा बेच्नु पर्ने भयो हैन ? साना किसानलाई दुःख दिने, ठुला तस्करलाई तपाईँहरुको मिलोमतोमा उम्कन दिने, वास्तवमा तस्कर गर्नेसंग प्रहरी मिलेका कारण तस्कर भएको छ र बढेको छ, याद राख्नुस् । अनि जनप्रतिनिधीका कारण तस्कर बढ्यो कसरी भन्नुहुन्छ । पढेलेखेका अफसर लेवलका प्रहरी बर्दिया आउन चाहन्नन् भने तपाईँ नी ?
आफ्नै घरमा पालेको पशु चौपाया बेच्दा होस वा खेतमा हाल्ने मल ल्याउँदा होस् सामान्य किसानलाई दुःख दिनुभन्दा झुण्डाएर मार्नुस् न । जनप्रतिनिधीले सहयोग गरेनन् भन्नुभयो किन गरेका छैनौँ सहयोग तपाईँहरुलाई शान्ति सुरक्षा कायम राख्न सहयोग पुगोस् भनेर गाडीमा तेल, गाडि मर्मत खर्च के के सहयोग गरेका छैनौँ, कि तस्करलाई छुटाउनु पर्यो भन्दै आयौँ, सिमावर्ती क्षेत्रमा बसोबास गरेकालाई सास्ती नहोस भनेर नेपाल प्रहरी, शसस्त्र प्रहरी छ तर प्रहरीको यो हरकत भएन, कृपया सच्चिनुस् ।
चर्काचर्कि हुँदै थियो प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र जिल्ला समन्वय समितीका समन्वय प्रमुख शंकर चौधरीले एकछिन भन्दै बस्न आग्रह गर्नुभयो । यस विषयमा फेरी छलफल गरि सहज वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो र बैठकका निर्णयहरु सुनाएर बैठक सम्पन्न भयो ।
छिमेकी देश भारतसंग जोडिएको मधुवन नगरपालिका ७ नम्बर वडाबाट दुइदिन अघि एक किसानले गुलरिया नगरपालिका ७ नम्बर वडाका किसानलाई ८५ हजार मुल्यमा दुईवटा भैँसी बेचेका थिए । भैँसी लिएर घर जाँदै गर्दा प्रहरीले पक्राउ गर्यो, भारतिय भैँसी भन्दै भन्सारमा बुझाईयो, भैँसी लिलाम प्रकृयाका लागि अघि बढ्न थालेको थियो । भैँसी किन्ने र बेच्ने किसान प्रहरी प्रशासनको गुहार माग्दै पुगे कसैले सुनेन, उनिहरु दुबै नगरपालिकाका नगरप्रमुख समक्ष पुगे, नगरप्रमुखहरुले प्रहरीसंग वास्तविकता बताउँदा पनि किसानले भैँसी पाएन् । त्यही गुनासो जिल्लामा भएको बैठमा उठ्यो ।
भैँसी किन्ने र बेच्ने दुबै किसान जिल्ला प्रशासन कार्यालय पुगेका थिए । नगरप्रमुख क्षेत्रीले दुबै जना किसानलाई प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी समक्ष ल्याउनुभयो उनिहरुसंग सोधपुछ भयो भन्सारमा कुरा गरि दिनुभयो र उनिहरुलाई जानुस भैँसी पाउनुहुन्छ भनेर पठाउनुभयो । किसानले भैँसी पाए खुसी भए ।
प्रहरी प्रमुख कस्तो खालको आउनुहुन्छ त्यसैमा निर्भर हुने रहेछ मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले भन्नुभयो । यस अघि राजेशनाथ वास्तोला प्रहरी प्रमुख हुनुहुन्थ्यो राम्रै गरेर जानुभयो । सहि कुरालाई हामी पनि सहि भन्थेँउ र गलतलाई गलत भनिन्थ्यो । शान्ति सुरक्षा कायम राख्दै कोभिड१९ कोरोना रोकथाम, चोरीतस्करी, लागुऔषध लगायत सबै क्षेत्रमा राम्रै गर्नुहुन्थ्यो ।
बास्तोला एसपी सर नागरिकमैत्री प्रहरी प्रमुख हुनुहुन्थ्यो तर अहिलेका चाहीँ किन बुझ्नै सकिन । मैले त समग्र प्रहरीलाई सुझाव स्वरुप किसानहरुले पाएको दुःख बताएको थिँए । किन रजौरे एसपी सापले जनप्रनिधिको विस्वास लाग्दैन, किन हामीहरुका कारण तस्करी बढ्यो र किन पढेलेखेका कुशल प्रहरी अफिसर बर्दिया आउन चाहन्नन् भन्नुभयो । उसोभए उहाँ पढेलेखेको होईन ? जनप्रतिनिधी कसै एक जनाले गल्ती गरेको होला सबै माथी किन यत्रो आक्रोस उहाँको, शसस्त्र प्रहरी सहित सबै थियौँ, उहाँलाई गुनासो सुन्न सक्ने धैर्यता किन भएन ? नगरप्रमुख क्षेत्रीले आक्रोस पोख्दै भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालयको कार्यक्रममा सहभागि पालिका प्रमुख र उपप्रमुख सहित उपस्थित हुने अधिकाँशले किसानले पाएको दुःख प्रति दुखि जनाउँदै नेपाल प्रहरी बर्दिया प्रमुख केदार रजौरेले बैठकमा त्यस्तो आरोप लगाएर नबोल्नु पर्ने जनाएका छन् । यस विषयमा आईतबारको बैठकको चर्काचर्की बारे टेलीफोन कुराकानीमा प्रहरी प्रमुख रजौरेले आफुले त्यस्तो भन्न नखोजेको प्रतिकृया दिनु भएको छ ।
केहीसाता अघि पुर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको बाँसगढीको मान खोलामा विद्यायलयका बेन्च लगायतका फलाम सामाग्री लिएर एउटा ट्रक ठाकुरद्धारा आउँदै थियो । बर्दियाका प्रहरी प्रमुखको आदेशमा मान खोलामै १८ घण्टासम्म ट्रक रोकीयो । विद्यायलयका बेन्च लगायतका फलाम सामाग्री बोकेको ट्रकमा एसि र पंखा छन् भनेर रोक्न लगाईयो । जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगायतको आग्रहमा दुई दिन पछि ट्रक ठाकुरद्धारा आयो ।
लकडाउनका कारण उपचारका लागि पास लिएर स्कारपियो जीपमा काठमाण्डौँ पुगेर उपचार गरि फर्किएको टोली आफ्नो जिल्ला प्रवेश गर्दै थियो । एसपी आदेश भन्दै झण्डै तिन घण्टा मान खोलामा जीप रोकीयो । भनसुन गरेर उनिहरु घर फर्किए ।
भुरिगाउँबाट आफ्नो बुवाका लागि सकिएको औषधी लिन मेडिकल कलेज कोहलपुर जाँदा प्रहरीसंग साोधरेर जान दिईयो, फर्किने क्रममा उहाँ जस्ता सयौँ जनालाई उपचार कार्ड देखाउँदा, औषधी देखाउँदा पनि एसपीको आदेश भन्दै प्रहरीले मानेन र आउन दिएन, प्रमुख जिल्ला अधिकारी समक्ष दुःख बिसाउँदा पनि भएन र अन्ततः प्रहरीलाई जरिवाना तिरेर फर्किए ।
तिन साता अघि गुलरिया र बढैयातालका दुइजना किसानले आफ्नो खेतमा हाल्ने एक बोरा मल साईकल र मोटरसाइकलमा ल्याउँदै थिए, साइकल र मोटरसाइकल सहितको मल प्रहरीले पक्राउ गर्यो, तिनदिन पछि तस्कर नभई किसान हुन् भन्ने भएपछि उनिहरु उम्कीए । यी वाहिर आएका केही उदाहरण मात्र हुन् यस्तै दुःख बर्दियाका किसानले प्रहरीबाट बेला बेला पाईरहन्छन् । भनिन्छ प्रहरी मेरो साथी तर प्रहरी वास्तविकता बुझेर गलतलाई सजाय दिन सकेमा मात्र नागरमैत्री प्रहरी बन्न सक्छ ।