बर्दियाका एक कोरोना संक्रमितको बुधबार विहान मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, बारबर्दिया नगरपालिका वडा नं. ३ बनियाभार, बर्दियाका ३९ बर्षीय पुरुषको मृत्यु भएको हो । उनी वडा नं. ३ का वडाध्यक्ष भएको स्वास्थ्य कार्यालय बाँकेलाई बर्दिया स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । दुवै फोक्सोमा नियोनियाका कारण उनको मृत्यु भएको हो ।
बुधबार पनि बर्दियाकै एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थय कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् ।