बर्दियाका कोरोना संक्रमितको मंगलबार उपचारको क्रममा निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थय कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या पाँच जना पुगेका छन्
यसैबीच, मंगलबार भेरी अस्पताल नेपालगन्जका दुई चिकित्सक सहित २९ जनामा कोरोना संक्रमण देखीएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरीएको परिक्षणमा बाँकेका १३ र बर्दियाका १६ जनामा संक्रमण देखिएको हो । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा संक्रमणमा परेका छन् । उनलाई लक्षणसहितको संक्रमण पुष्टि भएको हो ।