जुम्लामा ८ दिनदेखि अनसनरत डा। गोविन्द केसी नेपालगन्ज आइपुगेका छन् । सोमबार काठमाडौं जाने क्रममा उनि नेपालगन्ज आइपुगेका हुन् । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा। केसी त्यहाँबाट एअरपोर्टसम्म एम्बुलेन्समा गएका थिए । जुम्लाबाट समिट एयरको विमानमा नेपालगन्ज आएका डा। केसीलाई अहिले भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । काठमाडौं जानकालागि नेपालगन्ज आईपुगेपनि आज काठमाडौंकालागि कुनै उडान नभएपछि डा। केसीलाई भेरी अस्पतालमा बस्ने कार्यक्रम तय भएको अस्पतालका मेसु डा प्रकाश थापाले जानकारी दिए । डा. संकेत रिसालले उपचार शुरु गरिएकाले अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
डा। केसीले आफ्ना माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राखेका छन् । एक विज्ञप्ति जारी गरी डा। केसीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताएका हुन् । यूथ काँग्रेस बाँकेका संयोजक अबध शर्माका अनुसार, सोमवार डा. केसीको मागका समर्थनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने कार्यक्रम तय गरिएको छ ।