कहाँबाट आउँछ यत्रो अफिम ? कहाँ जान्छ ?

बाँके प्रहरीले १० केजी अवैध लागूऔषध अफिमसहित सोमबार दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–८ का ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय निशान भनिने वसन्त घर्तीमगर रहेका छन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुशुम नाका हँुदै बाँके जिल्लामा ल्याउन लागेको सूचनाको आधारमा सोमवारनैै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष टोलीले १० किलो लागु औषध अफिम सहित २ जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाका अनुसार, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भौवा भन्ने स्थानबाट सो परिमाणको अफिमसहित दुवैजनालाई नियन्त्रणमा लिएको थियो ।

सोमवार बिहान ६ः३० बजे बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुशुम बजारबाट पक्राउ गरिएका उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उप दफा (३) बमोजिम १५ बर्ष देखि जन्म कैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुन सक्ने प्रहरी उपरीक्षक रानाले बताएका छन् । ‘थप अनुसन्धान गरिंदैछ,’ पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रानाले पत्रकार सँग भने ।

आइतवारमात्रै बाँके प्रहरीले रेडपाण्डाको छाला सहित ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला खरिद बिक्रिमा संलग्न पाँचै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम कारबाहीका लागु थप अनुसन्धान भैरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया