वन्यजन्तु तस्करी विरुद्ध बाँके प्रहरीको कारबाही

बाँकेको बैजनाथस्थित एक रेष्टुरेन्टबाट दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित बाँके प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तु तस्करीविरुद्धको एउटा कारबाहीमा बाँके प्रहरीले दुर्लभ रेडपाण्डाको छाला सहित ५ जनालाई प्रकाउ गरेको छ । बाँकेको बैजनाथस्थित एक रेष्टुरेन्टबाट दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित बाँके प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो ।
‘रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा पाँचजनालाई रंगेहात पक्राउ गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेले आइतवार गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ओम रानाले भने । बाँकेको बैजनाथ –१ स्थित एउटा रेष्टुरेण्टमा भइरहेको खरिदविक्री बारे प्रहरीले पूर्व सूचना पाएपछि छापा मारेको थियो ।
बाँके प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा देव बहादुर बाठा, इन्द्र बहादुर नेपाली, गणेश बि.क., जय बहादुर बि.क. र कृष्ण बली रहेका छन् । घटनामा संलग्न इन्द्र बहादुर नेपालीले जाजरकोटका लोकेश सिंहबाट उक्त छाला १ लाख नगदमा खरीद गरेको तथ्य प्रहरीले फेला पारेको छ ।
‘नेपालीको सहयोगमा खरीद गरिएको उक्त छाला कृष्ण वली, गणेश वि.क. लगायतले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्रि गर्ने उद्देश्यले बाँके ल्याएका थिए,’ पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, सोही छालाको खरीदबिक्री हुँदै गर्दा प्रहरीले घटनामा संलग्न ५ जतालाई नियन्त्रणमा लिएको हो ।’ गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको प्रहरीले उनीहरु बसेको कोठा खानतलासी गर्ने क्रममा लुकाइएको अवस्थामा खाट मुनि नङ्ग्रा, दाँत सहितको रेड पाण्डाको छाला बरामद गरेको हो ।
बाँके प्रहरीले उनीहरुबारे थप अनुसन्धान भइरहेको जानकारी दिंदै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम १० लाख सम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेकाले सोही अनुसार मागदावी गरिने जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया