सम्झनामा ‘चाचा’ प्रति श्रद्धा

श्रद्धाञ्जली सभा गरि प्रेस स्वतन्त्रता सेनानी स्व. गुप्ताको योगदान चर्चा गरिएको छ


प्रतिष्ठान स्थापना गरि पे्रस स्वतन्त्रता सेनानी स्व पन्नालाल गुप्तको ९२ औं जन्मजयन्तीमा श्रद्धाञ्जली सभा गरिएको छ । भदौ २७ गते जन्म जयन्ती भएपनि नेपालगन्जमा शुक्रबार र शनिवार निषेधाज्ञा लगाइएका कारण गुप्तको जन्म जयन्ती आइतबार मात्र मनाइएको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष गुप्तको गत माघ १५ गते निधन भएको थियो । स्व. गुप्तका समकक्षी एवं वरिष्ठ साहीत्यकार सचिदानन्द चौवैले पत्रकार गुप्त असल, अग्रणी र सफल व्यक्तिका रुपमा सदैव स्मरणीय रहने बताए । सम्मानमा कविता समेत प्रस्तुत गर्दै चौवैले उनको नाममा दीर्घकालीन सामाजिक कार्यहरु गर्न पनि सम्वद्धमा अपील गरे । स्व गुप्तका जेष्ठ सुपुत्र एवं प्रतिष्ठानका अध्यक्ष विजय कुमार गुप्ताले बुवाले कल्पना गरेको समाज निर्माणमा पत्रकारहरु क्रियाशील हुनु पर्ने आवश्यक्ता औल्याउँदै प्रतिष्ठानले त्यसतर्फ कदम चाल्ने बताए ।
नेपाली काँगे्रस बाँकेका सभापति किरण कोइराला, जसपा अध्यक्ष लक्ष्मीनारायण बर्मा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झलक गैरे, नेपाल पे्रस यूनीयन बाँकेका निवर्तमान अध्यक्ष जयनाराण शाह, प्रेस यूनियन बाँके अध्यक्ष अर्जुन वली, लेखक प्रभाकर मिश्रा, डा. सुरेश कनोडिया, डा. रवी चौरसिया लगायतले स्व गुप्तको लोकतन्त्रप्रतिको विश्वास, पत्रकारप्रतिको क्रियाशिलता र सादगी जीवनबारे चर्चा गर्दै ती विचारलाई जीवन्त राख्नु पर्ने धारणा राखेका थिए ।
प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका आगामी योजना बारे सदस्य सुनिल कुमार गप्ताले प्रकाश पारे । किरण साप्ताहिक र पे्रस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानद्वारा महेन्द्र पुस्तकालयमा श्रद्धाञ्जली आयोजना गरिएको थियो । सभामा स्व. गुप्तकी धर्मपत्नी कमलादेवी गुप्तको पनि उपस्थिति थियो ।

सम्झनाको तस्विरः भारत भ्रमणमा पत्रकारहरुकोे समूहसँगै पन्नालाल गुप्त ताजमहल सामु ढाकाटोपीमा ।

प्रतिक्रिया

प्रतिक्रिया