कोरोना संक्रमित थप एकको मृत्यु

कोरोना संक्रमित भइ उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षा अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, वर्षका ती पुरुषको आज विहान बजेतिर अघि अस्पतालमैं निधन भएको हो ।
अर्घाखाँची सितगंगाका उनी भदौ ५ गते कोरोना संक्रमित भएको पुष्टि भएको थियो । अस्पतालका अनुसार, निमोनियाको गम्भीर लक्षण देखिएपछि भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएका उनको अवस्था बिग्रँदै गएपछि निधन भएको हो ।

टिप्पर दुर्घटनामा गम्भीर घाइते चालक उनलाई बुटवलस्थित अस्पतालमा भर्ना हुँदा कोरोना पुष्टि भएपछि नेपालगन्ज पठाइएको थियो । मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा संक्रमितको निधन भएको यो नवौं घटना भएको अस्पतालका सहायक निर्देशक नितेषकुमार कनोडियाले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया