इलाका वन कार्यालय नरैनापुर र डिभिजन बन कार्यालय नेपालगन्जले संयुक्त रुपमा कारवाही गर्दा नरैनापुरमा ठूलो परिमाण काठ बरामद भएको छ ।
बाँके नरैनापुर गाउँपालिका वडा नं.५ महादेवनगरमा केहि बेर अघि सुरु भएको कारवाहीमा यकिन परिमाण बाहिर नआएपनि काठको मात्रा धेरै रहेको रेन्जर सूरत ठाकुरले बताए । उनले केहि बेरपछि विस्तृत विवरण सार्वजनिक गर्ने बताएका छन् । अहिले बरामद काठ ब्यवस्थापन गर्ने र मुचुल्का बनाउने काम भइरहेको उनले जानकारी दिए ।