इस्लाममा मानिसका लागि सबभन्दा अहम् एंव महत्वपूर्ण कुरा र ठुलो आवश्यकता हिदायत पाउनु हो तर हाल मानिसहरुले कसलाई महत्व दिदैं दुख पाईरहेछन् , कसरी जीवनलाई संसारको मोहमा अल्झाइ समस्या भोग्दैछन् भनी चर्चा गर्नेछौं ।
रिज्क भनेको के हो भनी कतिलाई थाहा नहुन नि सक्छ , रिज्क भनेको पेट भर्नका लागि आहारको व्यवस्था गर्नु अनि आहारको व्यवस्था गर्नका लागि गरिने कृयाकलाप वा आर्थिक कारोबारलाई नै रिज्क भनिन्छ ।
हिदायत भनेको मार्गदर्शी सिद्धांत हो जब मानिसलाई हिदायत प्राप्त भइहाछ तब ऊ अल्लाहको डरले दुष्कर्म अपराध, हिंसाहत्या अपहरण, बेईमानी, भ्रष्टाचार र पापको बाटो छाडेर सत्य र पुण्यका कार्य तर्फ फर्किन्छ ।
आजभोलि मानिसहरुले रिज्कका लागि सही गलत जस्तो पनि कार्य गर्ने, झुठोलाई सांचो बोल्ने, अपराध गर्ने हत्याहिंसा रअपहरण गर्ने कसैलाई दुख दिने, बेईमानी गर्ने र भ्रष्टाचार गर्ने जस्ता कार्य समेत गर्न तयार हुन्छन् । उनीहरुका सोच अनुसार सही गलत जुन बाटो अपनाएर होस् जसरी भएनि आफुले कमाउनुपर्छ । तर त्यसरी इस्लामले मनाही गरेको बाटोबाट आय आर्जन गरेको रिज्कलाई इस्लाममा हराम भनिन्छ ।
इस्लाममा भनिएको छ कि संसारमा तिनीहरु नै त्यति धेरै समस्यामा छन् जसले संसारलाई जति महत्व दिएकाछन् । शरीयते इस्लाम भन्छ कि संसारको मोह त्यो कुकुर सरह हो जुन कुकुर यदि इनारमा खस्छ भने इनारको पानी तब सम्म पवित्र हुदैन् तब सम्म इनारभित्र त्यो कुकुर रहिरहन्छ । जब कुकुरलाई इनारबाट बाहिर निकालिन्छ तब मात्र पानी प्रयोग गर्ने लायक हुन्छ । हाम्रो मुटु पनि इनार सरह हो जब यसभित्र संसारको मोह वाला कुकुर रहन्छ तब सम्म हाम्रो मुटु पुर्ण रुपले पवित्र हुदैंन् र हृदय पवित्र नहुदां सम्म शरीयते इस्लाममाथि चल्न सकिदैंन् ।
किनभने पापको बाटोमा संसारिक मोहले लग्ने गर्छ , कुकर्मको बाटोमा संसारिक मायाले नै लग्ने गर्छ , चोरीडकैती गर्नका संसारिक मायाले उत्साहित गर्छ, हिंसाहत्या अपहरण गर्नका लागि संसारिक मायाले उत्साहित गर्छ र बेइमानी भ्रष्टाचार गर्न संसारिक मायाले नै उत्साहित गर्छ हामीलाई पछि जसको दुखद परिणाम भोग्नुपर्छ ।
इस्लाम अनुसार संसारिक जीवन यस्तो हो जस्तो कि कसैले समुन्द्रमा आफ्नो औंला डुबाएर बाहिर निकाल्दा औंलामाथि पानीको जति अंश बाकी रहन्छ । मानिसको संसारिक जीवन पनि आखिरतको तुलनामा त्यही पानीको थोपा सरह नै हो । यसकारण इस्लाममा संसारिक जीवनलाई त्यति महत्व नदिन भनिएको छ ताकि ती पाप र कुकर्मबाट जोगिन सकियोस् जुन हामी जानी नजानी संसारिक जीवनको मोहमा गरेका हुन्छौं ।
हामी मानिस हुन त सर्वश्रेष्ठ प्राणी हौं जसले आफ्नो बुद्धि विवेकले संसार जित्ने क्षमता राख्छौं । त्यसकारण आफ्नो बौद्धिक शक्ति प्रयोग गरी जीवनमा सधैं अरुको संसारिक सेवा सुविधाबाट प्रभावित भइ आफु पनि ऊ सरह बन्न चेष्टा गर्छौं र आफ्नो जीवनशैली सुखशैल प्राप्त
हर सम्भव प्रयास गर्छौं । तर पनि हामी असफल र दुखी नै हुन्छौं किनभने इस्लामले गर भनेका काम गर्दैनौं र नगर भनेका काम गर्छौं । इस्लामले भन्छ कुरानपाक र नमाजलाई नछोड दिनकै कुरानपाकको तिलावत गर दैनिक तोकिएका पांच समयमा नमाज पढ , अरुको कुभलो नगर, कसैप्रति नराम्रो दृष्टि नराख , आफ्नो शरीरलाई ढाकेर हिड, मजदूरको ज्याला पसीना नसुक्दै देऊ, गरीबको हक नमार, यतीम(अनाथ)का माल नखाऊ आदि ।
तर हामीले गरेका के हुन्छौं भन्दाखेरि आफ्नो आहार दैनिक उपभोग्य वस्तुलाई नै प्राथमिकता दिन्छौं जसको लागि रोजगारमा व्यस्तताको नाममा कुरानपाकलाई बन्द गरेर दराजमा राख्दिन्छौं र रमजान करीम न आउंदा सम्म उठाएर पढ्नु त परै जाओस् खोलेर पनि हेर्दैनौं, दुनियाभरको काम गर्न समय हुन्छ तर नमाज पढ्न समय हुदैंन् नमाज छोडदिन्छौं , अरुलाई दुख दिने कार्य गर्छौं , अरुका छोरीबेटी प्रति खराब नियत र दृष्टि राख्छौं , पुरा शरीर नै देखिने गरी लुगा लगाएर हिड्छौं , कामदार आफ्नो काम सकेर दिनका दिन धाउदां पनि उसलाई उसको ज्याला समयमा दिदैनौं, गरीबको जग्गा होस् वा सम्पति जसरी भएनि लिने प्रयास गर्छौं उसको हक दिदैनौं , यतीम (अनाथ)हरुको माल सामान कसरी हथियाउने भनी हर सम्भव प्रयास गर्छौं र हथियाएका पनि हुन्छौं ताकि हामी धनी हुन सकौं । यति गर्दा पनि जब दुख असन्तुष्टीले हाम्रो पीछा छाड्दैन् ।
अनि हामी आफ्नो भाग्यलाई दोष दिन्छौ अल्लाहसंग गुनासो गर्छौं कि मेरो भाग्य कस्तो नराम्रो भनी । तर हामी कहिले आफ्नो व्यवहार आफ्नो दैनिकी माथि एक नजर हालेर हेर्ने प्रयास गर्यौं कि हाम्रो दुख असफलता र जीवनसंगको असन्तुष्टीको कारण के हो भनेर । हामी आशा त गर्छौ कि हाम्रो जीवनमा पनि सकारात्मक बाटो खुलोस्
जीवनमा बाटो खुल्नु नै जीवनको सबभन्दा ठुलो सुन्दरता हो जब बाटो खुल्छन् अनि अगाडिका हिड्न सजिलो हुन्छ । आजभोलि मानिसले आफ्नो सबभन्दा ठूलो मुद्दा र समस्या आफ्नो आवश्यकताको परिपूर्ति (आहार र दैनिक उपभोग्य वस्तु)लाई ठान्न थालेकाछन् । उनीहरु भन्छन् मेरो आवश्यकताहरु जसरी पनि पुरा हुनुपर्छ । अनि मानवले आफ्नो सबभन्दा ठुलो आवश्यकता आफ्नो रिज्क (रोजीरोटी) अर्थात आहारका लागि आम्दनीको बन्दोबस्तलाई ठानेर सुरु गर्छ दिनचर्या । जबकि मानिसको लागि सबभन्दा ठुलो आवश्यकता हो हिदायत अर्थात मार्गदर्शी सिद्धांत(दिव्या दिशा) । हिदायत यस्तो कुरा हो जो हामीले हरेक दिन, हरेक नमाजको हरेक रकतमा माग्ने गर्छौं । हामी हर नमाजमा भन्छौं “इह दि नस सिरातल मुस्तकीम अर्थात ऐ अल्लाह हामीलाई सीधा (मार्गदर्शी सिद्धांतको)बाटोमा चलाऊ ।” तर व्यवहारमा रिज्कलाई नै सर्वोपरि ठानेका हुन्छौं ।
जबकि रिज्क (पेट भर्ने) जिम्मा स्वयं अल्लाहले लिनु भएछ । रिज्क त उनले पनि पाउछन् जो माग्दैन्न्, जसलाई मानव सरह माग्न आउदैन् तिनीको पनि पेट भर्छ र उनीहरुलाई कहिले भोकै सुत्नु पर्दैन् । ढुङगा भित्र जुन किरा छ उसले पनि रिज्क पाउंछ, समुन्द्र मा जुन ह्वेल माछा छन् तिनले पनि टनका टन आफ्नो आहार पाएकै हुन्छन् , दुलो भित्र बसेका कमिलाले पनि आहार पाएकै हुन्छन् , रुख विरुवा, जनावर, किराफट्यांग्रालाई पनि रिज्क पाएकै हुन्छन् । चराचुरुंगी जो नत मानव जस्तै स्टोर गर्न सक्छन् , न उनको कतै नोकरी हुन्छ न कुनै व्यवसाय हुन्छ न पुर्खाले छाडेर गएको सम्पति हुन्छ तर पनि बिहान आफ्नो गुंडबाट निस्किदां भोकै रहेपनि फर्किदां उनको पेट भरेकै हुन्छ तिनको भाग्यको आहार उनले पाएकै हुन्छन् । शरीयते इस्लाम अनुसार अल्लाहमाथि विश्वास गरी उसको भक्ति गर्ने जुन दायित्व छ त्यो पुरा गर बदलामा उसले तिमीलाई त्यसरी रिज्क दिन्छ जसरी उसले चराचुरुंगीलाई अता गर्छ ।
रिज्क अल्लाहले आफ्नो जिम्मा लिनुभएछ र त्यसको लागि आदेश दिइएको छ कि रिज्कको लागि कोशिश गर्ने प्रयास गर्ने तर जसरी पनि कमाउनुपर्छ भनी गलत बाटोमा लाग्नु वा सबैकुरा छोडछाड पारी आफुलाई त्यसका लागि दिनरात खटिनु नै बुद्धिमानी होईन् ।
त्यसकारण मानिसका लागि सबभन्दा ठुलो आवश्यकता हो हिदायत यदि मानिसले हिदायत पाउनका लागि तक्वा(संसारिक मोहबाट छुटकारा) हासिल गरेर परहेजगारी अपनायो नराम्रा काम र बाटाहरुबाट टाढा रह्यो भने जुन समस्या हरुछन् ती समाधान भइहाल्छन् । किनभने जो अल्लाहसंग डर थाल्छ अल्लाहले उसका लागि बाटो फराकिलो गरिदिन्छन् ।
अल्लाहले स्वयं फरमाउनुभयो कि “रिज्कको मालिक म हुं जसले तक्वा हासिल गर्छ उसलाई त्यहांबाट रिज्क दिन्छु जहांबाट उसले अनुमान पनि गरेका हुदैंन् ।”
यो तक्वा परहेज़गारीको व्यवहारिक नतिजा हो कि उसलाई रिज्क त्यहांबाट प्राप्त हुनेछ जहांबाट उसको दिमागले सोच्न भ्याउंदैन् । यसरी रिज्क दिने बाचा कुनै व्यवसायी, कुनै धनी मानिस, कुनै आलिम, कुनै मुफ्ती, कुनै मुहद्दिश र कुनै मुफस्सिरको होईन् यो त अल्लाहको बाचा हो र अल्लाहका सबै बाचाहरु सांचो हुन्छन् ।
पैगम्बरे इस्लाम हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलेहैवसल्लमले हजरत अबुजर रजिअल्लाह तआला अन्होसंग फरमाउनुभयो ” म तिमीलाई तक्वा गर्ने वसियत (निर्देशन) गर्छु किनभने तक्वाले तिनीहरुको जीवनको लागि खैर व बरकतको, सबै समस्याहरुको समाधानको बाटो हो । यदि मानिस अल्लाहसंग डराउन थाल्छ भने उसको दीन, उसको जीवन, उसको रिज्क आदि सबैमा सुधार भइहाल्छ । ऊ कसैसंग डराउदैंन् जो अल्लाहसंग डराउन थाल्छ । अनि अल्लाहसंग डराउनु , अल्लाहसंग प्रेम गर्नु र तक्वा हासिल गर्नुको परिणाम यो हुन्छ कि मानिस त्यसपछि “ला खौफुन अलैहिम वलाहुम यह जनून” को व्यवहारिक तस्वीर भइहाल्छ ।”
हजरत अबुजर रजिअल्लाह तआलाले पैगम्बरे इस्लाम मुस्तफा करीमको बारगाहमा अर्ज गर्नुभयो कि “या रसूल्लाह यो जानकारी त अता फरमाउनुभयो तर मलाई अझै थप केही महत्वपूर्ण जानकारी अता फरमाउनुहोस् ।”
आका अलैहिस्सलामले फरमाउनुभयो “म तिमीलाई दुई महत्वपूर्ण कुरा बारे जानकारी गराउदैंछु पहिलो कुरा त तिलावते कुरानपाकलाई जीवनको दिनचर्या बनाऊ अर्को कुरा अल्लाहको जिकर (वन्दना) लाई आफ्नो जीवनको हिस्सा बनाऊ । जब तिमी कुरानपाक पढ्नु र जिकरे इलाही गर्नुलाई आफ्नो जीवनको पहिचान आफ्नो जीवनको उद्देश्य बनाइहाल्छौं । तब आकाशमा तिम्रो चर्चा हुनेछ र जमिनमा तिम्रो लागि प्रकाश फैलिनेछ ।”
यस कारण मानिसका लागि अहम् र सबभन्दा ठूलो आवश्यकता हो हिदायत पाउनु। जब मानिसले हिदायत प्राप्त गरिहाल्छ तब ऊ तक्वा र परहेज़गारी हासिल गरी संसारिक मोहबाट मुक्त भइ कुरानपाकको तिलावत र अल्लाहको जिकिरलाई प्राथमिकता दिनथाल्छ । जुनकि मानिसको लागि सबभन्दा ठुलो आवश्यकता र महत्वपूर्ण चीज हो । जसले गर्दा आकाशमा त्यस्ताको चर्चा र जमिनमा उनको लागि प्रकाशका साथै रिज्क(आहार र दैनिक उपभोग्य बस्तु)को पनि व्यवस्था गर्ने जिम्मा स्वयं अल्लाहले लिनुहुनेछ ।
सकभर हामीले हराम रिज्क आर्जनबाट बच्ने र हलाल रिज्क कमाउन इमान्दारी साथ मेहनत गर्नुका साथै हिदायत पाएर अल्लाहको प्रिय बन्ने प्रयास गर्नुपर्छ । किनभने धन त आर्जन गर्न सजिलो हुनेहोला तर हिदायत पाउन साह्रै गाह्रो छ त्यसकारण सधैं हाम्रो सफल प्रयास यही हुनुपर्छ कि हामीलाई हिदायत मिलोस् । हिदायतले हाम्रो संसारिक जीवन सुधार्नुका साथै आखिरत पनि सुधार्नेछ । यसकारण आज मानिसका लागि सबभन्दा अहम् र ठुलो आवश्यकता हिदायत पाउनु नै हो ।