बाँकेमा संक्रमित थपिंदै, आजमात्रै ४०

बाँकेमा मंगलवार थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जले राती साढे ९ बजे थप १८ जना संक्रमितको सूची (हेर्नुस्) सार्वजनिक गरेकोमा १६ जना बाँकेका छन् । ठेगाना धनगढी भएकापनि बाँकेमै रहेको जनस्वास्थ्यले जनाएको छ ।

यसअघि दिउसो कोरोना फोकल पर्सन नरेश श्रेष्ठले सार्वजनिक गरेको रिपोट अनुसार, बाँकेका २४ सहित ३३ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया