नेपालगन्जस्थित भेरी अस्पतालको ल्याबमा पछिल्लो २४ घण्टामा परिएका ४ सय पीसीआर परीक्षणमा ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आजमात्रैं बाँकेमा मृत्यु भएका एक जनामा कोरोना भाइरस संक्रण पुष्टि भएको छ । भेरीको तथ्यांक अनुसार, संक्रमित ३३ जना बाँके र दुई जना बर्दियाका हुन् । –(हेर्नुस् सूची)

बाँकेका ३३ जनामा चिकित्सकदेखि सैनिक जवानसम्म रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । हिजो बाँकेका ७७ जनामा संक्रमण देखिएको थियो ती मध्य ५१ ज्ना नेपाली सेनाका जवान थिए ।