नेपाल टेलिकमको नेपालगन्जस्थित कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ । सुचना अधिकारी मुक्तिनाथ ज्ञवालीका अनुसार, स्वाब संकलन गरिएका ६७ मध्ये ८ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय सिल भएको हो । (हेर्नुस् सूचना)
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा २२ र बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ गरी ७३ जना संक्रमित थपिएका हुन् । आजबाटनै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास अनिश्चितका का लागि बन्द गरिएको छ । उच्च अदालत बारका अध्यक्ष विकास आचार्यका अनुसार, इजलासमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि आकस्मिक बैठकले अदालतका सबै काम रोक्ने निर्णय गरिएको हो ।